काठमाडौंमा सनी लियोन !

काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौं आइपुगेकी छिन् । आफु अभिनित नेपाली चलचित्र ‘पासवर्ड’ को प्रमोसनको लागि उनी काठमाडौं आएकी हुन् ।

उनी आज साँझ राजधानीमा हुने प्रिमियरमा सहभागी हुनेछिन् । आज दिउँसो ४ : १० बजे  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्नी काठमाडौं ओर्लिएकी हुन् ।

एअरपोर्टबाट हायात होटेल पुगेर केही समय विश्राम गरेपछि सन्नी प्रिमियरमा सहभागी हुनेछिन् । शनिबार भारत फर्किने सन्नीले शुक्रबार नेपालका केहि स्थानमा भ्रमण गर्ने ‘पासवर्ड’ टिमले बताएको छ जयहोस डटकमले लेखेको छ ।

सन्नीले केहि समयअघि एउटा भिडियो संदेश पठाउँदै आफु नेपाल आउन निकै उत्साहित रहेको बताएकी थिइन् । उनी बेला–बेलामा होलिडेमा पनि नेपाल आउने गर्छिन् । संवत यो उनको चौथो नेपाल आगमन हो ।

सम्राट बस्नेत निर्देशित ‘पासवर्ड’मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।

अंकित गौतम कार्यकारी निर्माण रहेको फिल्ममा निर्माताको रुपमा अमित बस्नेत र हिराल जोशी छन् भने युकेको लागि कार्यकारी निर्माताको भूमिका मोहित छब्राले निभाएका छन् । अजित केआर थापाको सह-लगानी रहेको फिल्मको लाइन प्रोड्युसर सनिश खकुरेल हुन् । ‘पासवर्ड’ भदौ २७ अर्थात शुक्रबारदेखि अलनेपाल रिलिज हुँदैछ ।