आर्टिस्टनेपालको ‘आर्टिस्ट’ पत्रिका सार्वजनिक

काठमाडौं– नेपाली कलाकारको फोटो र प्रोफाईल आर्काईभ राख्ने उदेश्यले सुरु भएको आर्टिस्टनेपाल डटकमको सातौं वार्षिकोत्सवमा प्रकाशित भएको ‘आर्टिस्ट’ म्यागजिनको वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले एक समारोहबीच विमोचन गर्नुभएको छ । नेपाली कलाकारको विभेद पाटोको बारेमा जानकारी प्रकाशन गर्ने उदेश्यले प्रकाशनमा आएको मासिक पत्रिकालाई आर्टिस्ट नेपाल नेट्वर्कले प्रकाशन गरेको हो । नेट्वर्कले ७ वर्ष अघि आर्टिस्ट नेपाल डटकम अनलाईन प्रकाशन गरिसकेको छ ।

आर्टिस्ट नेपाल डटकम सम्भवत नेपालको पहिलो पोर्टल हो, जहाँ प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धेरै नेपाली कलाकारको प्रोफाईल र फोटोहरु राखिएका छन् ।
कार्यकममा कलाकार गौरी मल्ल र संगीतकर अलोकश्रीलाई  ‘आर्टिस्ट नेपाल कला सम्मान–२०७३’ बाट सम्मान गरिएको थियो । अतिथी मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई म्यागजिनको कभर प्रिन्ट गरि मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाली चलचित्रमा भिलेनको भूमिकामा अभिनय गरिरहेका कलाकार दिपक छेत्रीको उपचार सहयोगार्थ १० हजार एक सय १ रुपैया नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा मार्फत प्रदान गरिएको थियो ।