किन छाडे सलमान खानले बोनी कपूरको फिल्म

हिजोआज बलीउडमा अर्जुन कपूर र मलाइका अरोराको सम्बन्धको चर्चा चलेको छ । दुबैको बढ्दो मेलमिलाप खान परिवारलाई खट्कीन थालेको छ । खान परिवारको बुहारी रहेकी मलाइकासंगको प्रेमसम्बन्धको कारण अर्जुन कपूरको बुबा बोनी कपूरले नोक्सानी बेहोर्न परेको छ ।

बोनी कपूरले सलमान खानलाई दुई प्रोजेक्टको लागि साइन गरेका थिए । वान्टेड-२ र नो एन्ट्री मे एन्ट्रीमा सलमानले काम गर्ने पक्का थियो तर पछि सलमानले ती दुई फिल्ममा काम गर्न मानेनन् । सलमानले ती दुई प्रोजेक्ट के कारण छोडे त्यसको कारण पनि बताएका छैनन् । भनिन्छ, सलमानले ती दुई प्रोजेक्ट मलाइका र अर्जुनको सम्बन्धका कारण छोडेका हुन् । अर्जुन कपूरले शुरुमा सलमान खानको सानो वहिनीसंग सम्बन्ध बढाएका थिए । पछि दुवैबीच मनमुटाव भयो र सम्बन्ध समाप्त भयो ।

सलमानको बहिनीसंगको सम्बन्धमा पुर्णविराम लागेपछि अर्जुन मलाइकासंग नजिक हुन थाले । जब अर्जुन र मलाइकाको सम्बन्ध नजिकिन थाल्यो, त्यो समयमा मलाइका अरबाज खानकी श्रीमती थिइन् । त्यहि समयदेखि अर्जुन र सलमानबीच मनमुटाव हुन थाल्यो मलाइका र अरबाज खानको सम्बन्ध बिच्छेद पछि त सलमान र अर्जुनको दुश्मनी पनि खुलेआम हुन थाल्यो । सलमानको बोनी कपूरसंगको सम्बन्ध राम्रो छ ।

तर अर्जुन र मलाइकाको सम्बन्धका कारण यी दुर्इको सम्बन्ध बिग्रन थालेको छ । वान्टेड र नो एन्ट्रीमा सलमान खानको भुमिका महत्वपुर्ण थियो । ती दुर्इ फिल्म सुपरहिट पनि भएको थियो । वान्टेडले सलमान खानको करियरलाई नया दिशा पनि प्राप्त भएको थियो ।