पप गायिका शिवानीको दुर्घटनामा निधन

दिल्लीकी प्रख्यात पप गायिका शिवानी भाटियाको सडक दुर्घटनामा परि मृत्यु भएको छ । उनको २९ जनवरीका दिन रातको समयमा यमुना एक्सप्रेस वेमा दुर्घटना भएको हो । घटनाको समयमा उनीसंग उनका श्रीमान निखिल पनि साथमा थिए । यो घटनामा परि शिवानीको श्रीमान पनि गम्भिर घाइते भएका छन् । अहिले उनको स्थिती खतरामुक्त रहेको छ ।

भारतिय पुलिशहरुका अनुसार शिवानी र उनका श्रीमान  निखित सोमवार आगरामा आयोजित एउटा कार्यक्रममा सहभागी हुन कारबाट त्यस तर्फ जादै थिए । बाटोमा उनीहरुको कार कुनै अज्ञात वाहनमा ठोकिए पछि उक्त दुर्घटना भएको हो ।

गायिका दम्पती चढेको कार तिव्र गतिमा भएको कारण दुर्घटना भएको बताइन्छ । तिव्र गतिमा भएको कार ठक्कर खाए पछि कार नराम्रोसंग क्षति भएको छ । पुलिस र स्थानियले दुवैको धेरै कोशिश पछि मात्र कार बाहिर निकाल्न सफल भएको बताउछन् । गम्भिर घाइते दुवैलाई नयति मेडिसिटी अस्पतालमा तुरुन्त पुराए तर उपचारको क्रममा शिवानीको मृत्यु भएको थियो ।

बिहारको सीतामढीमा जन्मेकी शिवानीले आफ्नो सुरीलो आवाजले भारतिय सांगीतिक दुनियामा आफुलाई स्थापित गराएकी थिइन् । कामकाजको शिलशिलामा उनी आफ्नो परिवारसंग धेरै बर्ष देखि दिल्लीमा बसोबास गर्दै आएकी थिइन् ।

शिवानीको मृत्युको खबरले उनको पुरा परिवार शोकमा डुबेको छ । सुत्रका अनुसार ,परिवारले शिवानीको पोस्टमाटम गर्न मानेनन् । पुलिसहरुका अनुसार, शिवानीको परिवारले अस्पतालबाट शिवानीको शव आफैसंग लिएर गए छन् । परिवारले शिवानीको घाइते श्रीमानलाई पनि उपचारका लागि दिल्ली पुर्याएकाछन् ।