४३ बर्षको उमेरमा आमा बनिन् एकता कपूर

टेलीभिजन क्वीनको नामले चिनिने र फिल्म प्रोड्युसर एकता कपूर सेरोगेसी (भाडाको कोख) को माध्यमबाट आमा बनेकीछिन् । खबर अनुुसार ४३ बर्षको उमेरमा एकताले सन्तान पाएकीछिन् । २७ जनवरीका दिन उनले छोरालाई जन्मएकीहुन । जन्मेको शिशुको स्वस्थमा कुनै खराबी नरहेका कारण छिट्टै नै घर भित्राउने कार्यक्रम रहेको छ ।

एकताका भाई अर्थात अभिनेता तुषार कपूरले पनि भाडाको कोख प्रयोग गरेर बाबु बनिसकेका छन् । ३९ बर्षमा तुषार पनि छोराको बाबु बनेका हुन् । २०१६ मा उनले पनि सेरोगेसीको माध्यम बाट पिता हुने रहर पुरा गरेका हुन । तुषारले आफ्नो छोराको नाम लक्ष्य राखेका छन् । अबिबाहित तुषार सिंगल पेरेन्ट हुन , अहिले उनको छोरा ३ बर्षको  भैसकेका छन् ।