७४ बर्षे बूढिको भुमिकामा श्रद्धा कपूर

कोरियन ड्रामामा बन्न लागेको फिल्म मिस ग्रैनीको हिन्दीमा रीमेक बन्न लागेको छ । तेलुगु प्रोड्युसर सुरेश बाबुले यो फिल्मलाई हिन्दीमा रीमेक गर्न लागेका हुन् । यो फिल्मको मुख्य भुमिकामा श्रद्धा कपूर देखिदैछिन् । तेलुगूमा पनि यो फिल्म बन्ने कुरा छ ,यस तेलुगू फिल्ममा मुख्य भुमिका सामंगा अक्कानेनीले निभाउनेछिन् ।
२०१४ मा कोरियन ड्रामा फिल्म मिस ग्रैनी रिलीज भएको थियो,जसमा ७४ बर्षको एक महिला फोटो स्टूडियोमा आफ्नो अन्तिम फोटो खिच्नको लागि जान्छिन्,उनी रहस्यमय तरिकाले २० बर्षको बन्छिन् । यो   रहस्यमय परिर्वतन पछि उनी म्यजिकमा आफ्नो करियर बनाउँछिन्  र आफ्नो नातीसंग मिलेर एउटा ब्यान्ड बनाउँछिन् ।
त्यस्तै नंदिनी रेड्डीले यो फिल्मको तेलुगू भर्जन बनाउन लागेकि हुन्,जसको नाम ओह बेबी रहनेछ । छिट्टै नै यसको अफिशियल अनाउन्समेन्ट पनि हुनेछ । श्रद्धाले यो फिल्म बाहेक नितिश तिवारीको फिल्म छिछोरेमा पनि बुढी महिलाको भुमिका निभाएकीछिन् ।