राति ८ बजे पछि किन सैफ अली खानलाई असहज महसुुुस हुन्छ !

बलिउड अभिनेता सैफअली खानले आफु राति ८ बजे सम्म पनि कामबाट फ्रि हुन पाएनन् भने असहज महसुस हुने बताएका छन् । उनलाई राती सम्म काम गर्दा छोरा तैमूर अली खानलाई दिने समय कामलाई दिएको जस्तो लाग्ने भएकोले यस्तो महसुस भएको हो ।

अबेर रातसम्म काम गरेर घर पुग्दा तैमूर सुतिसक्छन् ,सैफले आफ्नो छोरासंग समय बिताउन पाउदैनन् । जसले गर्दा सैफ दुखी हुन्छन् । त्यसैले सैफ सकेसम्म आफ्नो काम राती ८ बजे सम्म सकिसकोस भन्ने चाहन्छन् । राती ८ बजे पछि उनलाई काम गर्न त्यती सहज महसुस हुदैन्,उनको आखां बारम्बार घडिमा पुग्छ । राती ८ बजेको समय उनले आफ्नो प्यारो छोरा तैमूरको लागि छुट्याएका छन् । त्यसैले यो समयमा उनी छोरा तैमूरको साथ हुन मन पराउँछन् ।
आफु हुर्कने क्रममा आफ्ना आमा बुबाले कसरि परिवारलाइ दिइने समयको सम्मान गर्नु पर्छ भन्ने कुरा सिकाएको हुँदा उनी परिवारको समयमा उनी परिवारसंग हुन रुचाउँछन्।
सैफ बताउँछन् उनका बुबा क्रिकेटर थिए भने आमा अभिनेत्रि । उनीहरु कामको व्यस्ततामा पनि आफ्नो परिवारको लागि समय निकाल्थे । पारिवारिक कुरा गर्ने,रमाइलो गरेर उनीहरु पारिवारिक समय एकअर्कासंग बिताउने गर्थे ।