दुई सय करोड क्लबमा सलमानको ‘भारत’

मुम्बई- बलिउड अभिनेता सलमान खानको को चलचित्र ‘भारत’ दुई सय करोड क्लबमा समावेश भएको छ ।

‘भारत’ ले पहिलो दिनमा नै ४२ करोडको आकर्षक व्यवसाय गरेको थियो। चलचित्रले आफ्नो लगानी सुरक्षित गर्दै १४ दिनमा २ सय १ करोड ८६ लाख भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको बताइएको छ ।

यो चलचित्रमा सलमान खान र कट्रिना कैफ मुख्य भूमिकामा छन् । भारतलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । भारतले चार दिनमा १०० करोडको व्यापार गरेको थियो । अली अब्बास निर्देशित भारत फेरी एक पटक सलमानलाई भाग्यशाली प्रमाणित भएको छ।

पहिलो हप्तामा १८० करोड ५ लाख भारु व्यापार गरेको भारतले दोस्रो हप्तामा २१ करोड ८१ लाख भारु कमाइ गरेको ट्रेन्ड एनालिष्ट तरण आदर्शले ट्विटर मार्फत जानकारी दिएको इन्डियन एक्स्प्रेसले जनाएको छ ।

भारतमा सलमान र कट्रिनासँगै सुनिल ग्रोबर, दिसा पटानी लगायतको अभिनय रहेको छ।