बिग बसमा सलमानको पारिश्रमिक

बलिउड अभिनेता सलमान खान फिल्म र विज्ञापनहरुमा अभिनय गर्नु बाहेक पछिल्लो ९ बर्ष देखि बिग बस रियालिटी शो सन्चालन  गर्दै आएका छन् । शोको १३औं सीजनमा पनि सलमान खानले नै कार्यक्रम सन्चालन गर्ने भएका छन् । मुख्य कुरा के हो भने यो सीजनमा सलमान खानलाई बिग बसबाट १०० करोड फाइदा हुने भएको छ ।
यस पटक सलमान खानले २६ एपिसोड्सको कार्यक्रम सन्चालन गरे बापत ४०३ करोडको डिल गरेका छन् । हरेक हप्ता टेलिभिजनमा देखिनका लागि सलमानले ३१ (दुइ वटा एपिसोडको ) करोड पारिश्रमिक लिने भएका छन् । यस रियालिटी शो १३ हप्तासम्म चल्छ र सलमान खान केवल शनिवार र आइतवारमात्र शोमा देखिनेछन् । यस हिसाबले उनी कुल २६ एपिसोडमा यस शोमा देखिनेछन् ।
पछिल्लो बर्षको तुलनामा सलमानको यस बर्ष खासै धेरै पारिश्रमिक बढेन । त्यसैले अब  उनी आफ्नो कनै टिभी शो होस भन्ने चाहान्छन् ।
सलमान खानले बिग बसको ११ औं सीजनको लागि ११ करोड प्रति एपिसोड लिएका थिए । त्यस्तै उनले १२ औं सीजनको लागि प्रति एपिसोड १२ देखि १४ करोड पारिश्रमिक लिएका थिए ।
जति जति बिग बसको लोकप्रियत बढ्दै गयो सलमानको पारिश्रमिक पनि यहि हिसाबले बढ्न थाल्यो । सलमानले बिग बसको चौंथो सीजनदेखि कार्यक्रम सन्चाल गर्न थाले । ४ देखि ६ सीजनसम्म उनले प्रति एपिसोड २.५ करोड पारिश्रमिक लिएका थिए ।

बिग बसको सातौं सीजनमा उनले आफ्नो पारिश्रमिक दोब्बर पारेर प्रति एपिसोड ५ करोड लिन थाले ।
त्यस्तै हरेक बर्ष उनको यस शोका लागि पारिश्रमिक बढ्दै गयो । उनले बिग बस ८ का लागि ५.५ करोड प्रति एपिसोड र सीजन ९ मा उनले ७ देखि ८ करोड प्रति एपिसोड पारिश्रमिक लिएका थिए । सीजन १० मा उनले प्रति एपिसोडको नै ८ करोड रुपैया लिएका थिए ।