छुच्चो बुढोको भेषमा अमिताभ बच्चन

बलिउड अभिनेता अमिताभ बच्चनको बिल्कुलै नौलो रुप सार्वजनिक भएको छ । उनको यो रुप चलचित्र ‘गुलाबो सिताबो’ मा देख्न पाइने छ । यो चलचित्रमा अमिताभ र आयुष्मान खुराना एकै साथ काम गर्दैछन् । केहीअघि सामाजिक सञ्चालमार्फत चलचित्रका निर्मँताहरुले उक्त कुराको खुलासा गरेका थिए । उनीहरुको अनुसार उक्त चलचित्र कमेडी जनराको हुनेछ । सूजित सरकारले यो चलचित्र निर्देशन गरिरहेका छन् । चलचित्र गुलाबो सिताबोको छायांकन भारतकै लखनउमा प्रारम्भ भैसकेको छ, जहाँ अमिताभ बच्चनले आफ्नो भागको काम थालिसकेका छन् । चलचित्रमा अमिताभको फर्स्ट लूक सार्वजनिक भएको हो । उक्त लूकमा बलिउडका महानायक बच्चनलाई छुच्चो बुढोको चरित्रमा प्रस्तुत गरिएको छ । सामाजिक सञ्जालमा अमिताभको उक्त लूक तिब्र गतिमा भाइरल भइरहेको छ । लखनउको केसरबागको महमूदाबाद मेन्सनमा उक्त चलचित्रको छायांकन भैरहेको छ । चलचित्रमा अमिताभले आयुष्मान खुराना डेरामा बसेको घरको मालिकको भूमिकामा निर्वाह गरेका छन् । अमिताभले उक्त चरित्रका लागि जसरी आफ्नो लूक परिवर्तन गरेका छन्, झट्ट हेर्दा उनलाई चिन्ने गाह्रो पर्छ । तस्बिरमा उनलाई लामो दारीसंगै चश्मा लगाएको देख्न सकिन्छ । उनको नाकलाई पनि प्रोस्थेटिक्समार्फत भिन्न देखाइएको छ । उक्त लूकमा अमिताभलाई वास्तवमै छुच्चो बुढो देखिएको छ ।