दीपिकाले एयरपोर्टमा के गरिन् र भीडियो भाइरल भयो ?

बलीउड अभिनेत्री दीपिका पादकोणलाई कुनै पहिचानको आवश्यक छैन,उनको नाम आफै एउटा पहिचान हो । उनलाई बलीउड देखि हलीउडसम्म प्राय सबैले चिन्छन् । यहि कारण दीपिका जहा गए पनि आफ्ना प्रशंसकहरुबाट घेरिन्छिन् ।

तर हालसाल नै दीपिकासंग एयरपोटमा एउटा त्यस्तो घटना भयो ,जसको भीडियो भाइरल बन्यो । कुरा के हो भने दीपिका आफ्ना बुबासंग बेंगलुर जादै थिइन् । तर दीपिका एयरपोर्ट भित्र एंट्री गर्ने समयमा एयरपोर्टको एउटा सुरक्षा गार्डले उनलाई रोकेर उनको आईडी कार्ड मागे । भिडियोमा दीपिका आफ्नो बुबासंग मुम्बई एयरपोर्टमा प्रवेश गर्दै गरेको देखिन्छ । मीडियाबाट घेरिएकी दीपिका सिधा अगाडि बढ्दै जाने क्रममा सुरक्षा गार्डले दीपिकालाई बोलाएर नै आईडी देखाउन माग गरेका थिए ।

दीपिकाले पनि ढिला नगरी सुरक्षा गार्डलाई आफ्नो आईडी देखाइन् । दीपिकाको यो शालीन व्यवहार र सुरक्षा गार्डले पूरा गरेका आफ्नो ड्यूटीले सबैको मन जित्न सफल भयो जसको कारण भिडियो भाइरल बन्न पुग्यो ।