कोलकातामा पनि नीलडेभिड सलून

हेयर स्टालिष्ट निल डेभिड कटुवालको सलुन भारतको कोलकोतामा पनि विस्तार भएको छ । सोमबार भारतको पश्चिम बंगालको राजधानी कोलकोतामा निल डेभिड युनिसेक्स सलोनको निलका साथमा प्रमुख अतिथी बंगाली अभिनेत्री श्रीलेखा मित्राले शुभारम्भ गरेकी हुन्। हेयर स्टाइलको क्षेत्रमा नेपाली ब्राण्ड बनेका निल डेभिडको लोकप्रियता नेपालसगै भारतको पश्चिम बंगालमा पनि बृद्धी हुदै गएको छ। सिलगुढी,

दार्जलिङ, गान्तोक, कालिमपोङ, दुर्गापुर, बंगाल, झारखण्ड लगायतका स्थानमा सलुनले सफलता हासिल गरेपछि कोलकोताको मागबमोजिम कोलकोतामा पनि सलुन सञ्चालनमा ल्याएको निलले जानकारी गराए।

‘एउटा नेपालीको हेयर कलाले देशमा बाहेक विदेशमा पनि लोकप्रियता पाईरहेको देखेर खुशी लागेको छ। यहाको सलुनका लागि सोमा तालुकदारले फ्रेन्चाइजी लिनु भएको हो। सन्

२०२० सम्म निल डेभिड्स युनिसेक्स सलुन भारतका प्रमुख शहरमा हुनेछ भन्ने विश्वास लिएको छु। धेरै ठाउबाट माग आईरहेको छ’निलले भने ।

झापाको लक्ष्मीपुरका निलले सन् २००६ मा काठमाडौंबाट सञ्चालनमा ल्याएको निल डेभिड्स सलुन अहिले नेपालका विभिन्न १० स्थानका साथमा भारतमा पनि १० स्थानमा सञ्चालनमा छन्। नेपालको हेयर स्टाइलको क्षेत्रमा अत्याधुनिक र

अन्तराष्ट्रियस्तरको महिला पुरुषको हेयर सौन्दर्यको काम एकै छानामूनि एकैसाथ हुने गरी युनिसेक्स सलुन सञ्चालन गरेर क्रान्ति ल्याउका निलले ओष्कार अवार्ड विजेता हलिउड हेयर एण्ड मेकअप आर्टिष्ट विजेता क्रिष्टिना बुलेण्डाबाट हेयर एण्ड मेकअप तथा फिल्मी मेकअपको कडा र लाभदायी कोर्ष पूरा गरेका थिए।