मास्टर क्लासमा सक्रिय नीलडेभिड

काठमाडौं— सेलिब्रेटी हेयरस्टाइलिस नीलडेभिड कटवाल पछिल्लो समय मास्टर क्लासमा सक्रिय भएका छन् । नेपाल तथा भारतमा नीलडेभिड्स सलूनको फ्रेन्चाइज समेत विस्तार गरिरहेका नीलडेभिडले काठमाडौंको सिभिल मलमा रहेको आफ्नै सलूनबाट मास्टर क्लासको थालनी गरेका हुन् ।
पहिलो पटक सञ्चालन गरिएको मास्टर क्लासमा नीलडेभिडले ‘हेयर स्टाइलिङ तथा कलर’ विषयमा विद्यार्थीहरुलाई विशेष कक्षा दिइरहेका छन् । उनको यो कक्षामा करिव दुई दर्जन हेयर स्टाइलिङका विद्यार्थीहरु सहभागि छन् । ‘मास्टर क्लास एक प्रकारको विशेषज्ञ कक्षा जस्तै हो, नीलडेभिड भन्छन्—‘हेयर तथा मेकअपमा औपचारिक ज्ञान हासिल गरिसकेका विद्यार्थीहरु मास्टर क्लासमा सहभागि हुन्छन् ।’

पहिलो मास्टर क्लासमा करिव दुई दर्जन विद्यार्थीहरुले भाग लिएका छन् । मास्टर क्लासको क्रममा विद्यार्थीहरुले सैद्धान्तिकका साथै प्राक्टिकल क्लास समेत लिइरहेका छन् । नीलडेभिडका सिनियर स्टाइलिस्ट पुनित ठाकुर तथा नीलडेभिड स्वयंले कलर, हेयर कटिङसम्बन्धि क्लास लिइरहेका छन् ।
नीलडेभिडको दोस्रो मास्टर क्लास भारतको सिलिगुडीस्थित सेभक रोडमा रहेको नीलडेभिड्स हेयर सलून एण्ड एकेडेमीमा यही जनवरी ५ देखि २० सम्म सञ्चालन हुनेछ ।