नीलडेभिड्स इन्टरनेशनल यूनिसेक्स सलून दिल्लीमा सुरु

दिल्ली– अन्तर्राष्ट्रिय हेयर एक्सपर्ट नीलडेभिड कटवालको हिजो आइतबारदेखि दिल्लीको जिके २ एम ब्लक मार्केटमा नयाँ सलून सञ्चालन भएको छ । १८ सय स्क्वायर फिट क्षेत्रफलको उक्त सलून रहेक सुविधाले सम्पन्न छ ।


एक्सक्ल्यूसिभ सलूनको रुपमा सञ्चालनमा आएको नीलडेभिड्स सलूनमा एक करोड भारतीय रुपैयाँ लगानी गरिएको छ । आईतबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको सलूनको सफ्ट लञ्च समारोहमा डाक्टर, ईन्जिनियरदेखि उद्योगपतिहरु समेतको राम्रो जमघट थियो । हेयर स्टाइलिष्ट कटवालका अनुसार आगामी अगष्ट १९ का दिन ग्राण्ड ओपनिङ गर्ने तयारी भैरहेको छ ।


नीलडेभिड्स ब्राण्ड नेपालबाट सन् २००६ मा प्रारम्भ भएको हो । काठमाडौं मलबाट प्रारम्भ भएको नीलडेभिड्स सलून भारत र नेपालमा फ्रान्चाइज ब्राण्डको रुपमा स्थापित भैसकेको छ । ब्राण्डको रुपमा लोकप्रिय भएको नीलडेभिड्स सलून आज भारतको राजधानीमा समेत सञ्चालन गरिएको हो । ‘मेरो त सपना नै साकार भएको जस्तो अनुभव गरिरहेको छु, कलाकर्मी डटकमसंग कुराकानी गर्दै हेयर एक्सपर्ट कटवालले भने–‘सपना त साकार भयो नै, नेपालको नामलाई पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली हेयर स्टाइलिष्टको रुपमा चिनाउन सफल भएकोमा खुशी छु ।’


नीलडेभिडले निकट भविष्यमै भारतका विभिन्न शहरहरुमा नीलडेभिड्स ब्राण्ड स्थापित गर्ने योजना बनाएका छन् भने भारतमै नीलडेभिड्सको फ्रान्चाइसको माग बढ्न थालेको छ ।