घर आँगन नेपालको सहयोगार्थ सेलिब्रेटी म्युजिकल नाइट

धुम्बाराहीस्थित घरआँगन नेपाल एक गैह्र नाफामूलक संस्था हो । जसले असहाय तथा अनाथ बालबालिकाहरुको शिक्षाका लागि काम गरिरहेको छ । सो संस्थाका बालबालिकाहरुले उचित शिक्षा पाउन भन्ने उद्धेश्यले यही ०७३ पौष १ गते,शुक्रबार साँझ देश तथा विदेशमा नाम कहलिएका गायन क्षेत्रमा स्थापित कलाकारहरुलाई समेटिएर एक सांगीतिक कार्यक्रमको आयोजना गरिदैंछ ।
सेलिब्रेटी म्युजिकल नाइट शिर्षक रहेको उक्त सांगीतिक कार्यक्रमको आयोजना जित लामाले गर्दैहुनुहुन्छ । सामाजिक कार्यमा अग्रसर रहनु भएका लामाले यस कार्यक्रमबाट कुनै नाफा कमाउने भन्दा पनि अनाथ बालबालिकाको सहयोगका लागि रकम जुटाउने बताउनु भएको छ ।
सेलिब्रेटी म्युजिकल नाइटमा सहभागी रहने संगीत कलाकारहरुमा अधिकांशले घर आँगन नेपालको सहयोगका लागि भनेर पारिश्रमिक नै नलिइ सहभागीता जनाउने प्रतिबद्धता जनाउनु भएको छ ।
गीतकार कबि किशोर घिमिरेको सहआयोजनामा पौष १ गते, शुक्रबारको दिन साँझ ४ बजे आरम्भ हुने सेलिब्रेटी म्युजिकल नाइटमा प्रसिद्ध गायक–गायिका तथा कलाकारहरुमा सुगम पोखरेल, विजय लामा, प्रमोद निर्वाण (म्युजिक लिंक), हेमन्त राना, प्रेम लामा, विश्व नेपाली, मिङग्स लामा, डिजे जेनी रहनु भएको छ । पुतली सडकस्थिति स्टारमल अवस्थित पलेँटी ब्याङक्वेटमा आयोजना हुँदैछ ।सामाजिक उद्धेश्यका सञ्चार माध्यमहरुमा कार्यक्रमको जानकारी प्रकासित÷प्रसारित गरिदिने मात्र नभै कार्यक्रम सफल पार्नका लागि यहाँहरुको अमूल्य सल्लाह तथा सुझावको अपेक्षा पनि आयोजक समूहले गरिरहनेछ ।  धन्यवाद ।
आयोजक
सेलिब्रेटी म्युजिकल नाइट
#For more details please contact 9851230746 (Jeet Lama), 9851121421 (Kishor Ghimire)