मिस नेवा:को अडिसन सम्पन्न

माघ २४ गते आयोजना हुने प्रतियोगिताको लागि ३५ जना युवतीहरु छनोट

काठमाडौं– क्रिसमस डेको अवसर पारेर आइतवार मिस नेवा:  प्रतियोगिताको १२ औं संस्करण अर्थात ‘मिस नेवास् ११३७’ को पहिलो चरणको अडिसन सम्पन्न भएको छ । नेप्लिज फेशन होमले आयोजना गर्ने यो प्रतियोगिताको पहिलो अडिसनबाट ३५ जना युवतीहरु प्रतियोगिताको लागि छनोट भइकाृ आयोजक संस्थाले जनाएको छ ।


नेवार समुदायका झन्डै ४० जना युवतीहरुले आइतबारको अडिसनमा सहभागिता जनाएको आयोजक संस्थाकी प्रमुख हेमा मानन्धरले बताउनु भएको छ । अडिसन कान्तिपथस्थित होटल यल्लो पेडोगमा सम्पन्न भएको हो ।
अडिसनबाट छनोट भएको प्रतियोगिलाई जनवरी १ देखि करिब डेढ महिनाको अवधिमा विभिन्न विधामा प्रशिक्षण दिईने छ । उनीहरुलाई आत्मविश्वास, आमसञ्चार, व्यक्तित्व विकास, सामाजिक सेवा, नृत्य, फिटनेश सहित विभिन्न शिप सिकाईने छ । १२ औं मिस नेवा: को चयन आगामी माघ २४ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना गरिनेछ ।


अडिसनमा भाइराजा तुलाधर, मिस नेवा सुनिता डंगोल, रोजिन शाक्य, उज्वल कृष्ण श्रेष्ठ, जिबेश्वरलाला श्रेष्ठ, डा.शिक्षिता  श्रेष्ठ तथा रोहिया महर्जन निर्णयकको रुपमा रहनु भएको थियो  ।

मिस नेवा: सौन्दर्य सांस्कृतिक=भाषिक चेतना र प्रतिभा प्रस्तुतिका लागि आयोजना गर्दै आएको प्रतियोगिता हो । यस प्रतियोगितामा नेवार समुदायका १६ देखि २३ वर्ष उमेर समुहका अविवाहित युवतीले सहभागिता जनाउने छन् । यो प्रतियोगितामा सहभागी हुने प्रतियोगी नेवार समुदायबाट हुनु पर्दछ । जस मध्ये बुबा तथा आमा जो नेवार परिवारको भए पनि सहभागिता जनाउन पाउने छन् ।

प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले र नृत्य कोरियोग्राफी रोहिया महर्जनले गर्नेछन् । पूर्व मिस नेवा सुनिता डंगोल भेपाल भाषा प्रशिक्षकको रुपमा सहभागि हुने छिन् ।

कलाकर्मी डटकम मिस नेवा: को अफिसियल अनलाइन मिडियो पनि हो ।

-अरुणा भट्टराई