आइतवार मिस विराटनगरको ग्रान्ड फिनाले

विराटनगर– लक्ष्य इम्पोरियम एण्ड एक्टिभ इन्टरनेस्नल मिडियाको आयोजनामा पर्सि आइताबार मिस विराटनगर २०१७ आयोजना हुने भएको छ । मकालु मिडिया प्रोडक्सनकी रिता कट्टेलले प्रतियोगीहरुलाई प्रशिक्षण दिइरहेकी छिन् । करिव दुई साता लामो प्रशिक्षणका क्रममा प्रतिस्पर्धिहरुले स्टेज फेस गर्नेदेखि व्यक्तित्व विकाससम्मका प्रशिक्षण प्राप्त गरेका छन् । प्रतियोगितामा १६ जना युवतीहरुले सहभागिता जनाएका छन् ।