बाल्टिमोरको सांस्कृतिक कार्यक्रममा कन्हैया र अञ्जना

बाल्टिमोर- बाल्टिमोर तमु समाज अमेरिकाको आयोजनामा बृहत लोसार सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नया वर्ष २०१७ को पहिलो दिन अर्थात जनवरी १ का दिन आयोजित नेपाली सांस्कृतिक कार्यक्रममा गायक कन्हैया सिंह, ओकिली ब्याण्डका सृजन ताम्राकार, गायिका अञ्जना गुरुङ, लोक गायक प्रेमराजा महतसहितको समुहले लोकप्रिय गीत–संगीत प्रस्तुत गरेर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो ।


कार्यक्रममा देवकिरण शाही, प्रेम गुरुङ, शान्ति गुरुङ, रोशनी गुरुङ तथा स्थानिय तमु कलाकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा गुरुङ कला संस्कृति झल्काउने खालका झांकी तथा वाद्यवादनको प्रस्तुतीलाई दर्शकले रोचक मानेका थिए ।


तमु समाजका अध्यछ दिनेश गुरुङ (डिजे दिनेश) को संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रमका सांस्कृतिक संयोजन भने कलाकार कुल प्रसाद गुरुङले गरेका थिए ।