मिस नेवाःका प्रतिस्पर्धीको रक्तदान

काठमाडौं– प्रशिक्षणको क्रममा रहेका मिस नेवाः ११३७ का प्रतिस्पर्धिहरुले बिहिबार पाटनको एउटा कलेजमा रक्तदान कार्यक्रम आयोजना गरेका छन् । त्यसक्रममा उनीहरुले समेत रक्तदान समेत गरे ।


मिस नेवाःको आयोजक संस्था नेप्लिज फेसन होमको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा ललितपुरको च्यासलस्थित हिमालयन कलेजमा बिहिबार दिउसो रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
नेप्लिज फेसन होमकी प्रमुख हेमा मानन्धरका अनुसार रक्तदान कार्यक्रममा एक दर्जन सुन्दरीहरुका साथै करिव एक सय जनाले रक्तदान गर्ने कार्यक्रम छ । रक्तदान कार्यक्रममा मिस नेवाः का ३० जना प्रतिस्पर्धिहरु सहभागि भए । मिस नेवाः को ग्राण्ड फिनाले माघको अन्तिम साता सम्पन्न हुनेछ ।