शीप र रोजगारीका लागि अब नील डेविड्स मेन्स हेयरड्रेसिगं एकेडेमी

देश तथा विदेशमा आफ्नो ब्रान्डले परिचित हुन सफल नाम हो नीलडेविड कटवाल । देशका विभिन्न ठाउका साथै छिमेकी मुलुक भारतको राजधानी दिल्लीमा समेत नीलडेविड सलुन सञ्चालन गरेका नील डेविडले देशका बेरोजगार युवाहरुका लागि पनि रोजगारका व्यवस्था गर्न सहयोग गर्ने भएका छन् ।

उनले अब छिट्टै नै काठमाडौंको कमलादीस्थित सिटि सेन्टरमा पुरुषहरुका लागि हेयर कटिंग शीप सिकाउनुको साथै रोजगारीको पनि व्यवस्था गर्ने भएका छन् । रोजगारको क्रम विदेशिने युवाहरुलाई आफ्नो देशमै शीपमुलक काम सिकेर रोजगार पाउन सम्भव छ भन्ने उदृश्यले नील डेविडले नील डेविड्स मेन्स हेयरड्रेसिगं एकेडेमी सन्चालन गर्न लागेका हुन् । आफ्नो देशमा आर्जनमुलक शीप सिकेर मासिक दश देखि तीस हजार रुपैयां सम्म आम्दानी गर्न सकिन्छ भने आफ्नो देश र परिवारबाट टाढा भएर विदेश गएर दुस्ख गर्न नपरोस भन्ने सोचका कारण उनले यस्तो शिप र शिक्षा दिने सोच बनाएका हुन् ।

यही जेठको तेस्रो हप्ता देखि कक्षा सन्चालनमा ल्याउन योजना रहेको उक्त एकेडेमीमा विज्ञ शिक्षकहरुद्वारा शिक्षा दिइने नीलले जानकारी दिएका छन् । उनी आफै पनि हेयर ड्रिसिगं सम्वन्धि आफुले देश तथा विदेशमा सिकेका सम्पुर्ण कुराहरु सिकाउने बताउछन् । साथै उनले हेयर स्टाइल सम्बन्धि जानकारी पनि दिने छन् । यस हेयर ड्रेसिगं सम्बन्धि तालीम कक्षामा कपाल सम्बन्धि विभिन्न दक्ष शिक्षकहरुले हेयर कटिगं,स्टालिगं,केमिकल र फेशन स्टाइलहरुको बारेमा पनि तालिम दिने छन् ।