अम्बिकालाई मिसेस हिमालयन-२०१७ को उपाधि

काठमाडौ– ‘मिसेस हिमालयन–२०१७’ को उपाधी अम्बिका तिमल्सिनाले जितेकी छिन् । निर्णायक मण्डलका प्रमुख निर्णायक आरजे तथा मोडल कला सुब्बाको निर्णायक प्रश्नमा अन्य प्रतियोगीले भन्दा उत्कृष्ट उत्तर दिएपछि अम्बिकाले उपाधि जितेकी हुन् ।
जमलस्थित राष्ट्रिय नाचघरमा सोमबार सम्पन्न प्रतियोगिताको ग्रान्ड फिनालेमा पुनम बर्देवाले फस्ट रनर्सको उपाधि जितिन् सुशिला गौतमले सेकेन्ड रनर्स अपको उपाधि जितिन् । अम्बिका गुरुङले थर्ड रनर्स अपको उपाधीमा चित्त बुझाइन् ।


विवाहित महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगितामा बेस्ट ट्यालेन्टको उपाधी पुनम बर्देवाले आफ्नो पोल्टामा पारिन् भने बेस्ट फोटोजेनिकको उपाधि अम्बिका गुरुङले जितिन् । बेस्ट क्याटवाकको उपाधि रोशना मास्केले जित्दा मोस्ट एक्टिभको उपाधि प्रकृती श्रेष्ठले जितिन् ।
प्रतियोगितामा बेस्ट स्किनको उपाधि आरती थापा मगरले, बेस्ट हेयरको उपाधि अम्बिका तिमल्सिनाले, मोस्ट डिसिप्लेनको उपाधि मात्रिका आले मगरले जिते । मोस्ट ब्युटिफुलको उपाधि रजनी गुरुङ, मोस्ट कन्फिडेन्ट सुशिला गौतम, मोस्ट चार्मिङ कमला पुन मगर, मोस्ट इनोसेन्ट बिनु राई न्यौपाने, मोस्ट पपुलर अम्बिका गुरुङ र बेस्ट ड्रेस अन्र्तगत रजनी गुरुङले सब–टाइटलमा जिते ।
अन्तिम प्रतिस्पर्धाको निर्णायकहरुमा आरजे तथा मोडल कला सुब्बा, मोडल तथा अभिनेता दिक्पाल कार्की, ब्युटिसियन गौरा राई क्षेत्री तथा पत्रकार अरुणा भट्टराई रहेका थिए । ‘मिसेस हिमालयन–२०१७’ को कोरियोग्राफी हिमानी सुब्बाले गरेकी हुन् ।
विजेताहरुलाई एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडा, एमाजोन इन्टरटेन्मेन्टकै अफिसियल कोरियोग्राफर हिमानी सुब्बा, निर्णायकहरु आरजे तथा मोडल कला सुब्बा, मोडल तथा अभिनेता दिक्पाल कार्की, ब्युटिसियन गौरा राई क्षेत्री, पत्रकार अरुणा भट्टराई, विशाल चौतारी डटकमका प्रधान सम्पादक विशाल राई लगायतले ट्रफी र ताज पहिराईदिएका थिए ।
कोरियोग्राफर तथा उद्घोषक रोजिन शाक्यले सञ्चालन गरेको कार्यक्रममा नृत्य, गीत प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिइएको थियो । कार्यक्रममा पप गायक धिरज राई, गायिका तायाहाङ्मा राईले गीत प्रस्तुत गरेका थिए ।
तस्बिर : विशाल राई