लिटिल मिस एण्ड मास्टर नेपाल आइकन

काठमाडौं– एएनपि मिडियाले आयोजना गरेको लिटिल मिस एण्ड मास्टर नेपाल आइकन–२०१९ को उपाधि सेजल दाहाल, चिराग भट्ट, मनिस थापा, समृद्धि थापा तथा एलिना श्रेष्ठले जितेका छन् ।

प्रतियोगिताका प्रतिस्पर्धिहरुलाई तीन भिन्न उमेर समुहमा विभाजन गरिएको थियो । जस अन्तर्गत बालिकातर्फको उपाधि सेजल दाहालले जितेकी हुन् । यो विधातर्फ जेनिया तामाङले फस्ट रनर्स अप तथा गोमिना सुनुवारले सेकेण्ड रनर्स अपको उपाधि जितिन् ।

बालकतर्फको उपाधि चिराग भट्ट र मनिष थापाले जितेका हुन् । यो विधामा प्रिन्स खड्काले फस्र्ट रनर्स अप तथा समर्पण गिरीले सेकेण्ड रनर्स अपको उपाधि जिते । प्रतियोगिताको किशोरीतर्फको उपाधि समृद्धि थापाले जितेकी हुन् ।

यो विधामा प्रिस्टिना कार्कीले फस्र्ट रनर्स अप तथा समिक्षा पोखरेलले सेकेण्ड रनर्स अपको उपाधि जितिन् । युवतीतर्फको उपाधि एलिना श्रेष्ठले जितिन् । यो विधामा दिया पोखरेलले फस्ट रनर्स अप, प्रज्वला कार्कीले सेकेण्ड रनर्स अप तथा सिमरन निरौलाले थर्ड रनर्स अपको उपाधि जित्न सफल भइन् ।