कबितालाई मिसेस आर्यन नेपाल-२०१९ को उपाधि

काठमाडौं-  मिसेस आर्यन नेपाल-२०१९ को उपाधि कबिता ढकालले जितेकी छिन् । प्रतियोगितामा पव्लिक च्वाइस र मोस्ट स्मार्टको शीर्षक उपाधि पनि कबिताले नै जितिन् ।

प्रतियोगितामा फस्ट रनर्सअपको उपाधी स्पार्कल पुरीले जितिन् भने सेकेन्ड रनर्सअपको उपाधी सिमा थापाले पाइन् ।

राष्ट्रिय नाचघरमा सम्पन्न ग्राण्ड फिनालेमा मुख्य निर्णायक सुगारिका केसीले सोधेको अन्तिम प्रश्नको उत्कृष्ट जवाफ दिदै कबिताले उपाधी जितेकी हुन् ।

बिजेता कबिता ढकाललाई पुर्व मिस नेपाल सुगारिका केसीले ताज पहिराइदिइन् । विजेताले ताज, ट्रफि र प्रमाणपत्र पाएका थिए ।

एमाजोन इन्टरटेन्मेन्टले बिवाहित महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले आयोजना गरेको यो प्रतियोगितामा बेस्ट ट्यालेन्ट सिमा थापा खड्का, बेस्ट फोटोजेनिक स्पार्कल पुरी, बेस्ट स्किन अस्मिता बसुला, बेस्ट हेयर पुजा रानी गैरे, बेस्ट स्माइल स्वस्थानी न्यौपाने, मोस्ट पपुलर पुजा रानी गैरे र बेस्ट ड्रेस स्पार्कल पुरीले जिते ।

हिमानी सुब्बाले कोरियोग्रँफी गरेको उक्त प्रतियोगितामा निर्णायक मण्डलमा पुर्व मिस नेपाल सुगारिका केसीसहित सुभ आचार्य र निशु महर्जन थिए ।

कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक नृत्यहरुपनि प्रस्तुत गरिएको थियो ।