काठमाडौंमा नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)हुने

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल  (निफ) को तेस्रो संस्करण २०२० फेबु्रअरी १३ देखि १७ सम्म काठमाडौंमा हुने जानकारी गराउन चाहान्छौ ।

सो फेस्टिभलमा सहभागिता जनाउन चाहने इच्छुक फिल्मकर्मीहरुले यही २०१९ जुन १५ देखि अक्टोबर ३० सम्म सहभागिताका लागि आवदेन गर्न सकिनेछ ।

विश्वका कथाहरुको कथ्य उत्सव भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्य सहित सुरुभएको फेस्टिभलमा यो वर्ष एनिमेसन र बृत्तचित्रको विधा पनि थपिएको कुरा पनि यहाँ जानकारी गराउन चाहन्छौं । राष्ट्रिय र अन्तर्राष्ट्रिय फिचर र डकुमेन्ट्री फिल्म सँगै हामीले यो संस्करणबाट एनिमेटेड र डकुमेन्ट्री फिल्मलाई पनि समावेश गरेकाछौं । एनिमेटेड विधामा पुरस्कृत हुने उत्कृष्ट एनिमेटिड चलचित्रलाई ७ सय ५० अमेरिकी डलर राशीको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ ।

अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वाेत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशी सहित गौतमबुद्ध अवार्ड, सर्बोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलर राशीको माउन्ट एभरेष्ट अर्वाड, सर्बोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७ सय ५० डलर राशीको मञ्जुश्री अवार्ड, सर्बोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशीको बाग्मती अर्वाड प्रदान गरिनेछ ।

त्यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु. १ लाख राशीको नगद सहित पुरस्कार, उत्कृष्ट सर्ट फिल्मलाई नगद रु. ५० हजार सहित पुरस्कार र सर्ट मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफि प्रदान गरिनेछ । भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई ट्रफी प्रदान गरिनेछ ।

यस पटक फेस्टिभलमा सहभागिताका लागि विदेशी फिल्मकर्मीहरुले www: filmfreeway.com मार्फत फिल्म पठाउनुपर्नेछ भने नेपाली फिल्मकर्मीहरुले www: filmfreeway.com वेबसाइटमा उपलब्ध फर्म डाउनलोड गरेर आवदेन गर्न सकिनेछ । www: filmfreeway.com मार्फत आउने विदेशी फिल्म मध्ये शर्टवाड डकुमेण्ट्रि फिल्मले १० अमेरिकी डलर र फिचर फिल्मले १५ डलर शुल्क बापत फिल्म फ्रिवेलाई तिर्नुपर्नेछ ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले यही अगस्टको २१ देखि २७ सम्म स्क्रिन राइटिङ वर्कसप (पटकथा लेखन कार्यशाला) पनि सञ्चालन गर्ने तयारी गरिरहेको कुरा यहाँहरूमा सहर्ष जानकारी गराउन चाहन्छौं । मकवानपुरको इन्द्रसरोबर, कुन्साल वा चित्लाङ मध्ये कुनै एक ठाउँमा हुने कार्यशालामा सहभागीताका लागि पनि पनि June 15 बाट आवेदन खुल्ला हुँदैछ । यो कार्यशालामा ६० जना सम्म सहभागी गराउने योजना रहेको छ । हप्ता दिन सम्म चल्ने वर्कशपमा भारत, चीन र अमेरिकाबाट अनुभवि चलचित्र लेखकहरुबाट कार्यशाला प्रशिक्षण हुनेछ । नेपालबाट चलचित्र अनुसन्धानकर्ता सम्पदा मल्ल सहजकर्ताका रुपमा रहनुहुनेछ । यसमा सहभागिताका लागि नेपालीले १० हजार रुपैंया र विदेशीले १ सय ५० डलर शुल्क तिर्नु पर्नेछ ।

यसरी एक हप्ता सम्म कार्यशालामा सहभागी हुनेहरु हरकेले एउटा एउटा कथा लेख्नुपर्नेछ सो कथामा कार्यशाला समापन भएको दुई हप्ताभित्र सवैले पूर्ण स्क्रिप्ट बुझाउनुपर्नेछ र सो स्क्रिप्ट मध्येबाट उत्कृष्ट हुने एउटा स्क्रिप्टमा लघु चलचित्र निर्माणको लागि यस प्रतिष्ठानले रु. एक लाख नगद चलचित्र बनाउन प्रदान गर्नेछ । त्यसरु बनेको चलचित्रलाई नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव निफको तेश्रो संस्करणमा सहभागी गराइनेछ भने नीफ आबद्ध बेल्ट एण्ड रोड फिल्म फेस्टिभल Alliance अन्तर्गतका सदस्य महोत्सव लागयतको महोत्सवहरमा पनि पठाउन पहल गरिनेछ ।