तेरियाले मारिन् बाजी

'झलक खिला जा' को उपाधि

काठमाडौं-भारतीय टेलिभिजन च्यानल  कलर्सको नृत्यमा आधारित रियालिटी शो ‘झलक दिखला जा सिजन-९’ को उपाधि तेरिया फौजा मगरले जितेकी छिन ।  आज शनिवार रातीको ग्रान्ड फिनालेमा औपचारिक घोषणा हुने उक्त नजिता नेपाली सञ्चारमाध्ममा भने शुक्रवार बेलुकादेखि नै छाएको छ । तेरियाले अन्य दुइ प्रतिस्प्रधीलाई पछी पार्दै  उपाधि जितेकी हुन् ।

सन् २०१२ मा जिटीभीबाट प्रसारण हुने रियालिटी शो डान्स इन्डिया डान्सको समेत उनले टाइटल जितेकी थिइन् । विशेषगरि, तेरियाको चर्को प्रतिस्पर्धा सलमान यूसूफ खानसँग देखिएको थियो ।

भोटिङको आधारमा तेरियाले उपाधी जितेकको अनलाइनले जनाएको छ । यो शो शनिबार बेलुकी कलर्स च्यानलबाट प्रशारण हुनेछ । रुपन्देहीकि तेरियालाई भोट गर्न भन्दै केहि दिन अगाडि मात्र उनका हजुरबुवा कृष्ण फौजा मगरले राजधानीमा पत्रकार सम्मेलन मार्फत आग्रह गरेका थिए ।

फाइनलमा नृत्यसंगै एसएमएस भोटद्धारा विजेता छानिएको हो । एसएमएसमा सबै प्रतिश्पर्धीलाई पछि पार्दै उनी ट्रफीको हकदार बनेकी हुन् ।  तेरियाको औपचारिक जीतको घोषणा भने शनिबार राति १० बजेपछि कलर्स टिभिमार्फत गरिनेछ । तर, शुक्रबार अपरान्ह नै एसएमएस भोटको नतिजा निस्केको र आयोजकले उपाधि जीतेको औपचारिक जानाकारी आफुलाई गराएको मुम्मईमा रहेकी तेरियाले हजुरबुबा कृष्ण फौजामगरलाई फोनमार्फत जानाकारी दिएकी छिन् ।