फेस अफ मारवाडीको दोस्रो संस्करण हुँदै

 

काठमाडौं – फेस अफ मारवाडी एउटा समुदायमा आधारित सौन्दर्य पेजेन्ट हो ।  यसको दोस्रो संस्करण होटल डेल अन्नपूर्ण, दरबारमार्गमा हुन गईरहेको छ ।  फेस अफ मारवाडीको पहिलो संस्करण होटल सोल्टीमा सफलताका साथ सम्पन्न भएको थियो । यस फेस अफ मारवाडी प्रतियोगिताको Page 3 Services Pvt. Ltd. / Page 3 Haute Couture ले आयोजना गरेको हो । प्रतियोगितामा गरिमा बढाउनका लागि यस वर्ष बलिवुड सेलीब्रेटीहरुको उपस्थिती हुने भएको छ । बलिवुड सेलीब्रेटी करण कुन्द्रा (अभिनेता तथा मोडल) र लोकप्रिय नेपाली मोडल सिर्जना रेग्मीले संयुक्त रूपमा यस कार्यक्रम सन्चालन गर्ने भएका छन् । भारतका चर्चित नायिका एवमं मोडल श्वेता चौधरीMrs. India Earth 2017 का साथै नेपालका चर्चित कलाकारहरु मूख्य जूरीमा रहने भएका छन् । त्यस्तै नेपालका विभिन्न सम्मानित व्यक्तित्वहरुका साथै वरिष्ठ कार्यकर्ताहरुको पनि उपस्थिती रहनेछ ।

२०१९ जुलाई २०मा सम्पन्न हुने यस प्रतियोगिताका मुख्य प्रायोजकका रुपमा Kanchanjanga अगरबत्ती र Jaguars रहेका छन् । यस प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर र इटहरीबाट १६ जना प्रतिस्पर्धीले सहभागीता जनाउने आयोजक पक्ष बताउँछन् ।