चीनमा हुने सि प्लान किड्स सुपर मोडल- २०१९ मा ट्यालेन्ट स्टार नेपालका विजेताहरु

काठमाडौं- चीनको सांघाइमा आयोजना हुन लागेको ´किड्स सुपर मोडल २०१९’ शीर्षकको अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने नेपाली बालबालिकाहरुको एउटा समुह सांघाइ पुगेको छ ।

यही साउन ७ गते मंगलबार आयोजना हुने प्रतियोगिताको ग्राण्ड फिनालेमा सहभागिता जनाउन ‘ट्यालेन्ट स्टार नेपाल 2019 ’ का विजेताहरु त्यसतर्फ प्रस्थान गरेका हुन् ।

बिश्वभरी बाट ५० वटा देश सहभागी भएको उक्त प्रतियोगिता मा नेपाल बाट उनीहरुलाई परिवर्तन इभेन्ट हाउस, बाबा एजुकेशन कन्सल्टेन्सी तथा सुनौलो सपना नेपालले उक्त अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपालको प्रतिनिधित्व गराएका हुन् ।

उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेहरुमा प्रि–टिन समुहका रेश लिम्बु तथा गुञ्जना महर्जन तथा जूनियरतर्फका अभिषेक घिमिरे, श्रृष्टि लिम्बु तथा भारतको प्रतिनिधित्व गर्दै इशिका चौधरी गएको छिन् ।

यी पाँच जना बालबाकिलाहरुले सांघाइमा हिजो बिहिबारदेखि प्रारम्भ भैसकेको किड्स सुपर मोडल 2019 को निर्णायक प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको ग्राण्ड फिनाले आगामी मंगलबार सम्पन्न हुने परिवर्तन इभेन्ट हाउसका राज बराइलीले जनाएका छन् । उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाली बालबालिकाहरु सुनौलो सपना नेपालकी सोनिया जिआरको नेतृत्वमा साङ्घाइ पुगिसकेका छन् ।

सांघाइको उक्त प्रतियोगितामा सृष्टि लिम्बुले जुनियर मिस नेपाल, अभिषेक घिमिरेले जुनियर मिस्टर नेपाल तथा इशिका चौधरीले जुनियर मिस इन्डियाको रुपमा प्रतिस्पर्धा गर्दैछिन भने गुञ्जना महर्जन ले प्रि–टिन मिस नेपाल तथा रेश लिम्बुले प्रि–टिन मिस्टर नेपालको रुपमा प्रतिस्पर्धा गर्दैछन् ।