हेरिटेज फेसन शो

 

पोखरा – एएसएपी इन्टरटेनमेन्टले होटल ग्राण्ड पोखरामा शनिबार बेलुका हेरिटेज अफ फेसन नेपाल नामको फेसन शोे आयोजना ग¥यो । फेसन शो मा नेपालका विभिन्न ठाउँका महिला तथा पुरुष गरी कुल २७ जना मोडलहरुले ¥याम्प वाल्कमा देखिए ।

देविना भट्टराईको ‘बुद्ध वाज बर्न इन नेपाल’, जानकी कडायतको ‘निर्माण कन्सट्रक्सन अफ हेरिटेज’, तेजु मगरको ‘नेपाल सौन्दर्य’ र सुपी रसाइलीको ‘दरबार’ डिजाइनमा मोडलहरु सजिएर दर्शकमाझ प्रस्तुत भए । फेसन शो को कोरियोग्राफी मुस्कान रानीले गरेकी थिइन् ।

निर्धारित समय भन्दा झण्डै दुईघण्टा ढिला सुरु भएको फेसन शो मा अपेक्षाकृत दर्शक समेत थिएनन् । फेसन शोे मा नेपाली कल्चरलाई विभिन्न ठाउँ, घटनालाई आधार बनाएर देखाइएको थियो । नेपालका विभिन्न जातजातीले लगाउने पोशाक, बुद्धका मुर्ति सहित मन्दिरहरुलाई उनिहरुको पहिरनमा झल्काइएको मात्र नभएर विनाशकारी भुकम्पले क्षति पु¥याएका हाम्रा सम्पदाहरुलाई पहिरनमार्फत देखाइएको थियो । फेसन शो को सो टपरको रुपमा कलाकार प्रशान्त ताम्राकार र कर्पोरेट क्विन २०१९ शितल थापा रहे । परिचय राउण्ड सहित विभिन्न ५ वटा सिक्वेन्स मार्फत विभिन्न जातिका पुख्र्यौली तथा साँस्कृतिक सम्पदा झल्किने पहिरनका साथ मोडलहरु ¥याम्प वाल्कमा उत्रदा तहाँ पूग्नेहरुको मन जित्यो ।
फेसन शोे लाई आर्कषण बनाउन आयोजकको मेहनत प्रशस्त देखिन्थ्यो । मिलन अमात्य र प्राप्ति तुलाचनको गायन प्रस्तुतीले माहोल संगीतमय बनायो । यसैगरी बुद्ध वाज बोर्न इन नेपालका अभियान्ता धिरजराई समेत आफ्नो प्रस्तुतीका साथ तहाँ देखिए । उनले आफ्नो प्रस्तुतीसँगै उपस्थित दर्शकलाई बुद्धको बारेमा रहेका केहि भ्रमको बारेमा प्रष्ट्राए । नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेशको आन्तरिक पर्यटन वर्ष २०१९ लाई यो कार्यक्रमले सहयोग पु¥याउने अपेक्षा रहेको आयोजक संस्थाका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले बताए ।

कार्यक्रममा उपस्थित भएका हाँस्यकलाकार सन्दिप क्षेत्रीले भने आफ्नो प्रस्तुती राखेनन् । केही समय पछि यहि थिमको कार्यक्रम अष्ट्रेलियाको सिड्नीमा पनि गरिने आयोजक संस्थाका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले बताए । कार्यक्रमको सञ्चालन विजय खतिवडाले गरे ।