आज ‘एनटिसी मिस नेवा: ११३७’ को ग्रान्ड फिनाले

उपाधिका लागि २८ सुन्दरीको भिडन्त

काठमाडौं–करिव डेढ महिना लामो प्रशिक्षणपछि नेवार समुदायका २८ किशोरीहरु आज बुधवार काठमाडौंमा सम्पन्न हुने ‘एनटिसी मिस नेवाः ११३७’ को ग्रान्ड फिनालेमा प्रस्तुत हुंदैछन् ।
आज दिउसो २ बजेपछि कमलादीस्थित प्रज्ञा भवनमा मिस नेवाः को निर्णयक प्रतियोगिता प्रारम्भ हुनेछ ।  आयोजक नेप्लीज फेसन होमले एउटा प्रेस विज्ञप्ती जारी गर्दै ग्रान्ड फिनालेको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले आजको ग्रान्ड फिनाले भव्य, सभ्य तथा अनुशासित हुने बताएकी छिन् ।
यसअघि १२ औं संस्करणको मिस नेवाः का प्रतियोगिले अघिल्लो बुधबार ट्यालेन्ट शो अन्तर्गत विभिन्न कला प्रस्तुत गरेका थिए । त्यसक्रममा अधिकांश प्रतियोगीले नृत्य प्रस्तुत गरेका थिए ।
स्नेहा महर्जन, मेरीना मानन्धर, गंगा देउला, ओमिजिना महर्जन, शिला प्रजापति, सलिना श्रेष्ठ, सविना खड्गी, रोमानी महर्जन, सुमन श्रेष्ठ, रोज महर्जन, मुना केसी, इसु श्रेष्ठ, समिता श्रेष्ठ, मोनिमा खड्गी, जुनु त्वयनाले विभिन्न नेवारी नृत्य प्रस्तुत गरेका थिए । कृजना डंगोलले तेक्वान्दोका विभिन्न काता प्रस्तुत गरेकी थिइन् भने आकृति महर्जनले हस्तकलाको सिप पस्केकी थिईन् । यस्तै विभिन्न विषयमा प्रतिसरा नापित, रोशना श्रेष्ठ, आजेस्वी श्रेष्ठ र लेनिना बज्राचार्यले आफ्ना बतृत्वकला प्रस्तुत गरेका थिए । पल्पसा श्रेष्ठ र सृष्टी खड्गीले नेवारी गीत गाएका थिए । आज्ञा कारञ्जितले अभिनय गरेकी थिइन् ।
ट्यालेन्ट शोका निर्णायकमा बोधी टेलिभिजनका प्रबन्ध निर्देशक भरत शाक्य, गायिका निशा देशार, कार्टुनिष्ट रविन सायमी, नृत्य निर्देशक रिना महर्जन र भैरब नृत्यकार अमरज्योती रञ्जित थिए ।

कलाकर्मी डटकम (www.kalakarmi.com)  मिस नेवाः को अफिसियल अनलाइन मिडिया हो ।

https://www.kalakarmi.com