दुबईमा पहिलो नेपाली फेसन शो सम्पन्न

दुबई-  पर्यटकहरुको प्रमुख गन्तब्य रहेको देश दुबईमा पहिलो पटक नेपाली फेसन शो आयोजना गरिएको छ । शुक्रवार स्थानिय सेराटन होटलमा छेपारो डटकमले आयोजना गरेको फेसन शोमा महिला, पुरुष तथा बालबालिकाहरुको क्याटवाक गर्दै  र्याम्पमा उत्रिएका थिए । सावित्रा खत्रीको कोरियोग्राफीमा सम्पन्न फेसन शोमा फेसन डिजाइनर तृष्णा गुरुङले डिजाइन गरेका पहिरनहरु प्रदर्शन गरियो ।
फेसन शोमा मिस नेपाल २०१४ सुविन लिम्बु तथा अभिनेत्रीहरु पूजना प्रधान, रजनी केसी तथा वर्षा राउत शोस्टपरको रुपमा सहभागि भए । एनआरएन युएईको सहयोगमा सम्पन्न फेशन शोलाई पा“च वटा सिक्वेन्समा विभाजन गरिएको थियो । पहिलो सिक्वेन्समा ढाकालाई फ्युजन गरिएका पहिरनहरु प्रदर्शन गरियो भने दोस्रो सिक्वेन्स रेड कार्पेटमा गाउन प्रदर्शन गरियो । त्यसपछिका सिक्वेन्सहरुमा लेहेंगा, कल्चरल डे«स तथा भ्यालेन्टाइन विशेष पहिरन प्रदर्शन गरियो ।

अन्तिम सिक्वेन्समा मोडलहरुलाई बालबालिकाहरुले पनि साथ दिएका थिए । डिजाइनर गुरुङका अनुसार फेसन शोमार्फत नेपाली संस्कृति झल्कने पहिरनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उदेश्य लिइएको छ । फेसन शोको क्रमा गायक हेमन मोक्तानले गीत–संगीत प्रस्तुत गरेका थिए ।