ट्यालेन्ट शोमा फेस अफ द वल्र्डका प्रतिस्पर्धि

काठमाडौं- बेलायतमा आयोजना हुने फेस अफ द वल्र्ड-२०१७ मा नेपालको प्रतिनिधि खोज्ने प्रतियोगिता ‘फेस अफ द वल्र्ड नेपाल-२०१७’ का प्रतिस्पर्धिहरुले काठमाडौंमा आयोजित ट्यालेन्ट शोमा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।

ट्यालेन्ट शोमा काठमाडौंका सागर लामा तथा महोत्तरीकी स्नेहा जर्घा विजयी भएका छन् ।

ट्यालेन्ट शोको क्रममा प्रतिस्पर्धीहरुले नृत्य, गायन, पाककला, वक्तित्व कला जस्ता प्रतिभा प्रस्तुत गरेका थिए ।

भिजे विवेक खतिवडा, अभिनेत्री नम्रता श्रेष्ठ तथा स्टाइलिष्ट पुरन जोशीको निर्णायक समुहले प्रतियोगिताका प्रतिस्पर्धीहरुको प्रतिभा मूल्यांकन गरेका थिए ।

यो प्रतियोगिताको ग्रँन्ड फिनाले फागनु २६ गते काठमाडौंमै सम्पन्न हुनेछ ।

फेस अफ द वल्र्ड नेपालको ग्रँन्ड फिनालेका विजेताले बेलायतमा सम्पन्न हुने फेस अफ द वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।