मिस स्टाइल आइकनको घोषणा

काठमाडौं- देशका प्रमुख शहरमा अडिसन गरेर छनौट भएका युवतीहरुलाई सहभागि गराउदै एसटिएन इभेन्ट म्यानेज्मेन्टले ‘मिस स्टाइल आइकन–२०१७’ आयोजना गर्ने घोषणा गरेको छ ।
अघिल्लो वर्षको भूकम्पका कारण अभिभावक गुमाएका बालबालिकाहरुलाई आश्रय दिइरहेको स्नेह आश्रमलाई सहयोग राशी संकलन गर्ने उदेश्यले आयोजना गर्न लागिएको यो सौन्दर्य प्रतियोगिताले देशका गाउ-शहरमा लुकेर रहेका प्रतिभालाई खोजि गरेर अघि बढाउनु रहेको आयोजक संस्थाका नकुल राणाले बताएका छन् । प्रतियोगिताका लागि वैशाखको पहिलो सातादेखि धनगढी, दाङ, बुटवल, पोखरा, चितवन, हेटौंडा,  ईटहरी, धरान, विर्तामोड, चन्द्रगढी  तथा काठमाडौंमा अडिसन कार्यक्रम सञ्चालन गरिदैछ । हास्य अभिनेता शुलेमान शंकरसहित मिस स्टाइल आइकन-२०१७ को आयोजक टिममा शैलजा श्रेष्ठ, श्याम कुमार लुङ्गेली, नकुल राणा, तिलक कट्टेल तथा संजोग राणा छन् ।
प्रतिस्पर्धामा सहभागि प्रतिस्पर्धिहरुले डिजाइनर शैलजा श्रेष्ठद्वारा डिजाइन गरिएका पहिरनहरु प्रदर्शन गर्नेछन् । प्रतियोगिताको विजेतासहित फस्ट, सेकेण्ड तथा थर्ड रनर्स अपलाई नगद पुरस्कार, स्कूटीका साथै चलचित्र, म्युजिक भिडियो तथा विज्ञापनमा अवसर दिइने आयोजक संस्थाले जनाएको छ ।

असारको दोस्रो साता ग्रान्ड फिनाले आयोजना हुने यो प्रतियोगिताको बारेमा जानकारीहरु आयोजक संस्थाको फेसबुक पेज  https://www.facebook.com/missstyleicon/ मा उपलब्ध भएको आयोजक संस्थाले जनाएको छ ।