बुटबलको हेयर एण्ड ब्यूटि सेमिनारमा नीलडेविड कटवालको प्रशिक्षण

बुटबल-  सेलिब्रेटि हेयस स्टाइलिष्ट नीलडेविड कटवाल रुपन्देहीको बुटवलमा एक दिने हेयर एण्ड ब्यूटि सेमिनारमा सहभागि भएका छन् । सोमबार सम्पन्न सेमिनामा रुपन्देही लगायत पाल्पा, कपिलबस्तु, नवलपरासी, कपिलबस्तु, दाङ्ग, कैलाली, सुर्खेत लगायतका जिल्लाका ब्यूटिसियनहरुको दक्षताबृद्धिका लागि सेमिनारको आयोजना गरिएको बताइएको छ ।

निल डेभिड हेयर एण्ड ब्यूटि सलुन र पिस लुम्विनी कलेज अफ टेक्निकल एजुकेशन बुटवलको संयुक्त आयोजनामा सम्पन्न सेमिनारमा करिव साढे सयबढी सौन्दर्यकला ब्यवसायीहरुको सहभागिता रहेको थियो ।

आयोजक संस्थाका संचालक मोहन ठाकुरले ब्यूटिसियनका लागि अहिले भित्रीएको नयाँ प्रविधि र नयाँ उत्पादनहरुको प्रयोग कसरी गर्ने तथा सौन्दर्यकलाका नयाँनयाँ सीपलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएकको बताउनुभयो ।

 

सेमिनारमा अन्तर्राष्ट्रिय हेयर डिजाईनर निल डेभिड कटवालले स्क्वायर लेयर कट, रजोर कट, ब्राईडल मेकअफ लगायतका नौ वटा ब्यूटि टिप्सका बारेमा सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सौन्दर्य कला ब्यवसायी संघकी पश्चिमाञ्चल उपाध्यक्ष मिना प्रधान, नेपाल ब्यूटिसियन संघ रुपन्देहीकी अध्यक्ष रेनु कर्माचार्य, ओरेन्ज कस्मो ट्रेडर्स बुटवलका प्रोप्राईटर मनोज ध्वजु लगायतले यस्ता सेमिनारले सौन्दर्यकलामा लागेकाहरुलाई नयाँ प्रविधि र उपायका बारेमा जान्न सहयोग पुग्ने बताउनुभयो । सेमिनार ओरेन्ज कस्मो ट्रेडर्सको सहयोगमा सम्पन्न भएको हो ।