ट्यालेण्ट शोमा मिस एण्ड माष्टर नेपाल आईकन

काठमाडौं- लिटिल मिस एण्ड माष्टर नेपाल आईकन २०१७ मा सहभागी बालबालिकाले राजधानीमा आयोजित ट्यालेण्ट शोअन्र्तगत आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । एएनपी मिडिया हाउसले विभिन्न स्कुलमा अध्ययनर बालबालिकाको विदाको सयमलाई सदुपयोग गराउादै आयोजना गर्न लागेको लिटिल मिस एण्ड माष्टर नेपाल आईकन २०१७ अन्र्तगतको ट्यालेण्ट राउण्डमा आफ्नो प्रतिभा प्रदर्शन गरेका हुन्।

प्रतिस्पर्धी बालबालिकाले राजधानीको स्काई रेष्टो एण्ड बेन्क्वेटमा आयोजित ट्यालेण्ट राउण्डमा आफ्ना अभिभावक र निर्णायकहरुका सामू आफ्ना प्रतिभा प्रदर्शन गरे। सो अवसरमा प्रतिस्पर्धी बालबालिकाल नृत्य, गायन, वकतृत्वकला, नाटक र चित्रकला प्रस्तुत गरेका थिए। ट्यालेण्ट शोमा प्रतिस्पर्धामा सहभागी जोश्ना आचार्य, सरायु साउद, रक्षा गजुरेल, नित्या लम्साल, रजना अधिकारी, लुईस महर्जन, सुहना श्रेष्ठ, जेनिशा डंगाल, जीस्ना ज्ञामी मगर, सैमा मल्ल, गृष्मा नेपाल, अंकिता थापा, दिया श्रेष्ठ, सीम्रीका श्रेष्ठ, जिया पौडल, आर्जु खरेल, सुप्रिया पराजुली, अकर्षण श्रेष्ठ, राजन तामाङ्ग, सचिन राई, बिवेक गजुरेल, निक्सन बखती, राजु लामा, दिक्षित थापा मगर, समृद्धि तिमल्सीना, स्नेहा मानन्धर, सुशिला राना मगर, मुना श्रेष्ठ, स्मृती कार्की, अञ्जना लामा, श्रृती बस्नेत, पुष्पा गुरुङ्ग, सुजिता कार्की, सम्पदा गौतम, वर्षा थापा मगर, सबिना तामाङ्ग, अनुषा डुंगेल, सलोनी अधिकारी, मीस्टी तामाङ, सुदिक्षा अधिकारी, शिवम् तामाङ, विजय तामाङ, आभाष पुन मगर र रगम थापा मगरले आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए। ट्यालेण्ट शोमा हास्य कलाकार गोपाल ढकाल (छन्दे), इभेन्ट निर्देशक निशुकान्त झा, फिल्म एनीमेटर अक्की शर्मा र मोडल तथा नायिका सपना लामीछाने निर्णायक रहेका थिए। ट्यालेण्ट शोबाट ट्यालेण्ट उपउपाधिको विजेता चयन गरिने विजेताको घोषणा प्रतियोगिताको अन्तिम स्पर्धाका दिन गरिने आयोजक लबबहादुर कार्कीले जानकारी गराए। प्रतियोगितामा लिटील मिस र माष्टर नेपाल आईकन, फष्ट, सेकेण्ड, थर्ड रनर्सअपका साथमा विभिन्न उपउपाधिका लागि विजेताको चयन गरिने पनि उनले जानकारी गराए।