राराको सौन्दर्यमा खिचिएको ‘प्रेमगीत २’ गीत रिलिज

काठमाडौं–  दर्शकको प्रतिक्षाको सूचीमा रहेको चलचित्र सिनेमा ‘प्रेमगीत २’ सांगीतिक विशेषताले चर्चित छ । यही मेसोमा रोमान्टिक ड्रामाले नयाा गीत ‘बिस्तारै बिस्तारै’ रिलिज गरेको छ जहाा रारा तालको सौन्दर्य कैद छ ।

रक गायक रोहितजोन क्षेत्रीको स्वर, कम्पोज र शब्द समावेश गीतमा प्रदीप खड्का र अश्लेषा ठकुरी चित्रित छन् । यो रोमान्टिक गीतसागै रारा तालको सौन्दर्य, ल्यान्डस्केप र हिमाली पठार महसुस गर्न सकिन्छ ।

प्रदीप र अश्लेषाको रसायन साटिएको गीतमा रोहितले रक र नेपाली फोक जानरा मिश्रण गरेका छन् । श्रोता एवं दर्शकले गीतलाई गुनगुनाउन सक्छन् । पुरुषोत्तम प्रधानले रारा ब्युटीलाई फ्रेमिङ गरेका छन् ।

साउन १३ गते रिलिज हुने सिनेमालाई रामशरण पाठकले निर्देशन र सन्तोष सेनले निर्माण गरेका हुन् । ओम गुरुङ सहनिर्माता हुन् । यसअघि शीर्ष गीत रिलिज गरेको फिल्मको यो दोस्रो रिलिज गीत हो । आशुसेन फिल्मसको ब्यानरमा प्रोजेक्ट बनेको हो ।

यस गीतले मुगुमा रहेको रारा तालको पर्यटन विकासमा पनि सहयोग पुग्ने विश्वास निर्माता सेनले लिए । ‘हामी आफ्नै प्रकृति र लोकेसनलाई विश्वमाझ चिनाउन चाहन्छौं’ उनले भने, ‘यस गीतले हाम्रो सामाजिक दायित्वलाई पनि चित्रण गर्छ ।’

हेर्नूस गीत :