एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव प्रारम्भ

ekadeshma-wide

काठमाडौं— एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव आज शुक्रवारदेखि  देखि प्रारम्भ हुदैछ ।  महोत्सवको चौथो संस्करण आज क्यूएफएक्स कुमारी सिनेमा हलमा उद्घाटन गर्न लागिएको छ ।

लघु चलचित्रहरुको विश्लेषण, प्रदर्शनी र अन्तरक्रिया गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको महोत्सवका निर्देशक अभिषेक शाहले जानकारी दिए ।

तीन दिनसम्म चल्ने महोत्सवमा संसारभरीका ३० मिनेट भन्दा कम समयका ७८ वटा लघु चलचित्रले सहभागिता जनाउदै छन् ।

गत वर्ष भूकम्पका कारण स्थतिग भएको महोत्सव यस वर्ष अझै उमङ्गका साथ विगत बिर्सन तथा नयाँ उर्जा संगाल्न ‘एण्ड लाईफ गोज् अन’ प्रसङ्ग छानिएको जनाएको छ । यस वर्ष सिनेमा हलभित्र मात्रै नभई खुला ठाउँमा पनि प्रदर्शन गरिन लागेको छ ।

२७ कात्तिकमा किर्तिपुरको दरबार क्षेत्र नजिक बागभैरव (लैकु) र २८ कात्तिकमा बौद्ध स्तुपा क्षेत्रमा साँझ ६ देखि ८ बजेसम्म प्रदर्शन गरिने आयोजक एकादेशमाले जनाएको छ ।