डायरीको टिजर सार्वजनिक

 

काठमाडौं-फिल्म डायरीको टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा फिल्मको कथालाई भन्ने प्रयास गरिएको छ । फिल्ममा छुल्ठिम गुरुङ , सन्नी सिंह र रेखा थापाको अभिनय रहेको छ । छुल्ठिम र सन्नीको मायाको संसारमा रेखाको प्रवेश भएसंगै आउने अवस्थालाई फिल्ममा देखाइएको छ ।
छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण रहेको यस फिल्मलाई आवरण फिल्म मार्फत निर्माताको रुपमा फिल्ममा प्रवेश गरेका अनिल योन्जनले निर्देशन गरेका छन् । फिल्म नोभेम्बेर रेन मार्फत डल्लीको उपनामले चर्चामा आएकी अभिनेत्री छुल्ठिम गुरुङ यसै फिल्म मार्फत निर्मात्री बनेकी छिन । फिल्ममा रेखा भने भिलेनको रुपमा देखिएकी छिन ।
पछिल्लो समय फिल्म नै हाक्ने रेखा यसमा भने कथा सुहाउदो भएकोले नै भिलेन बनेकी हुन् । फिल्ममा रुपा राणा , बिनोद पौडेल , दिनेश डिसी लगायतको पनि अभिनय रहनेछ । फिल्ममा कथा छेतेन गुरुङको रहेको छ । फिल्मलाई शिव राम श्रेष्ठले छायांकन गरेका हुन् भने प्रविन श्रेष्ठले सम्पदान गरेका छन् । फिल्म आउदो चैत्रमा प्रदर्शन हुनेछ ।

छुल्ठिम गुरुङ – जसरि मलाई डल्लीको उपनामले चिन्नु हुन्छ त्यसरी नै यस फिल्म मार्फत जोयाको क्यारेक्टर याद गर्नु हुनेछ । म डल्लीको क्यारेक्टर भुलाउन चाहदिन तर जोयाको स्थापित गर्न चाहन्छु । फिल्मको कथा निकै मन परेकोले किन अब निर्मात्री किन नबन्ने भन्ने लगेर राम्रो टिम पाउदा प्रोडक्सनमा हात हालेको हु । किनकी भोलिको दिनमा म कलाकारितामा मात्र हैन प्रोडक्सनमा पनि आउँन चाहन्छु ।

अनिल योन्जन निर्देशक-  मैले पढेको नै फिल्म निर्देशन हो तर प्राक्टिकल ज्ञान नभई फिल्म निर्देशनमा आउनु हुदैन भन्ने लगेर म निर्माणमा आए । आवरणबाट धेरै कुरा मैले सिक्ने अवसर पाएको थिए जसलाई मैले यो फिल्ममा सदुपयोग गरेको छु । स्टोरी तयार भएपछीको वर्कशपले पनि फिल्म छायांकनमा निकै सहयोग पुर्यायो । मैले जे सोचेर फ्लोर गएको थिए , त्यसलाई मिड गर्ने प्रयास गरेको छु । फिल्म चैत्रमा रिलिज गर्ने तयारीमा छौ तर डेट फाइनल भएको छैन ।

यस्तो छ टिजर :