जुवीनाइलको छायांकन अन्तिम चरणमा

काठमाडौं- चलचित्र जुवीनाइलको छायांकन अन्तिम चरणमा पुगेको छ । नेपालकै प्रथम महिला सिनेमाटोग्राफर सवनम मुखियाको निर्देशनमा तयार हुँदै गरेको जुविनाइल खासगरी लागु औषध तथा कुलतमा आधारीत चलचित्र भएको निर्देशक मुखियाले बताएकी छिन् ।
ड्रिम वर्ड फिल्म मेकरको निर्माणमा सवनम मुखियाको निर्देशन रहने जुवीनाइल को निर्माण एवं लेखन माधव पौडेलको रहेको छ भने चलचित्र जुवीनाइलको कलाकारहरुमा कुमार गजुरेल, सञ्जना तिमल्सीना, माधव पौड्याल, मोहन चाम्लीङ, ओमकृष्ण भण्डारी, नीशा थापा, सविन कटुवाल, सुवास वडाल, जगदीश अधिकारी, विष्णु प्रसाद कोइराला, उज्ज्वल पौडेल, वसन्त रीजाल, उज्ज्वल अधिकारी कवि राई आदी रहेका छन् ।
चलचित्र जुवीनाइल का छाँयांकार बाबुराम नेपाली हुन् भने भेषमान श्रेष्ठले प्रोडक्सन हेरेका छन् । त्यस्तै राजीव वलामीको कोरीयोग्राफी रहने जुवीनाइलका लागी शान्तिप्रियले गीत लेखेका छन् भने सन्तोष श्रेष्ठको संगीत रहेको छ । त्यस्तै चलचित्रको गीतलाई युवराज चौलागाइ र एञ्जीला रेग्मीले स्वर प्रदान गरेका छन् ।