कामना एवार्डमा पशुपतिप्रसाद र क्लासिक

काठमाडौं-शनिवार काठमाडौंमा आयोजित कामना फिल्म अवार्डमा चलचित्र पशुपतिप्रसादले वर्ष २०७२ को उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । यही फिल्मबाट दिपेन्द्र के खनालले निर्देशकको पनि अवार्ड जित्न सफल भए । पशुपतिप्रसादुले उत्कृष्ट कथा, पटकथा र खलपात्रको विधाको अवार्ड जित्यो । खलपात्रमा विपिन कार्की (भष्मे डन) उत्कृष्ट बने ।
उत्कृष्ट अभिनेताको अवार्ड फन्को फिल्मबाट सौगात मल्लले जिते भने अभिनेत्रीतर्फ क्लासिक फिल्मबाट नम्रता श्रेष्ठ उत्कृष्ट ठहरिईन् ।

उत्कृष्ट संवादको अवार्ड फिल्म कबड्डी कबड्डीले पाएको छ । डेब्यू अभिनेतामा नाई नभन्नु ल–४ बाट पल शाहले अवार्ड जिते भने साम्राज्ञीराज्य लक्ष्मी शाहले ड्रिम्सबाट डेब्यू अभिनेत्रीको अवार्ड जितिन् ।
उत्कृष्ट द्वन्द्व निर्देशकको अवार्ड भैरवबाट हिमाल केसीले जिते भने डेब्यू निर्देशकको अवार्ड ड्रिम्सबाट भुवन केसीले जिते ।

अर्जुन पोखरेलले प्रेमगीतमा भरेको संगीत उत्कृष्ट भए भने सह–अभिनेत्रीको अवार्ड प्रियंका कार्कीले क्लासिकबाट पाईन । सह अभिनेताको अवार्ड सरोज खनालले प्रेमगीतबाट जिते ।
प्रियंकाले भोटिङबाट निर्धारण भएको पपुलर च्वाईसको अवार्ड समेत जित्न सफल भईन् ।

यस्तो छ विजेताहरुको सूची 
उत्कृष्ट श्रृङ्गार :  निमा लामा प्रेमगीत
उत्कृष्ट साउण्ड डिजाइनः अनिश श्रेष्ठ, क्लासिक
उत्कृष्ट सिनेमाटोग्राफर : सन्जय लामा, पुरुषोत्तम प्रधान, ड्रिम्स
उत्कृष्ट सम्पादन :  सुरेन्द्र पौडेल, क्लासिक
उत्कृष्ट द्वन्द्व :  हिमाल केसि, भैरव
उत्कृष्ट व्याकग्राउण्ड स्कोर : शैलेश श्रेष्ठ, ड्रिम्स
उत्कृष्ट कथा : दिपेन्द्र के खनाल, पशुपतिप्रसाद
उत्कृष्ट पटकथा : खगेन्द्र लामिछाने, पशुपतिप्रसाद
उत्कृष्ट संवाद :  रामबाबु गुरुङ र उपेन्द्र सुब्बा, कबड्डी कबड्डी
उत्कृष्ट डेब्यु अभिनेत्री : साम्राज्ञ्यराज्यलक्ष्मी शाह
उत्कृष्ट डेब्यु अभिनेता :  पल शाह, नाईनभन्नु ल ४
उत्कृष्ट पार्श्व गायिका : अन्जु पन्त, प्रेमगित
उत्कृष्ट पार्श्व गायक : सुगम पोखरेल, प्रेमगित
उत्कृष्ट कमेडी :  विल्सन बिक्रम राई, अधकट्टी
उत्कृष्ट खलपात्र  : विपिन कार्की, पशुपतिप्रसाद
उत्कृष्ट बाल कलाकार  : कन्चन ठकुरी, बागमती
उत्कृष्ट नव निर्देशक : भुवन केसि, ड्रिम्स
उत्कृष्ट लिरिक्स : डा. कृष्णहरि बराल, प्रेमगित
उत्कृष्ट संगित : अर्जुन पोखरेल, प्रेमगित
उत्कृष्ट सह अभिनेत्री : प्रियंका कार्की, क्लासिक
उत्कृष्ट सह अभिनेता : सरोज खनाल, प्रेमगित
उत्कृष्ट अभिनेता :  सौगात मल्ल, फन्को
उत्कृष्ट अभिनेत्री : नम्रता श्रेष्ठ, क्लासिक
उत्कृष्ट निर्देशक : दिपेन्द्र के खनाल, पशुपतिप्रसाद
उत्कृष्ट फिल्म : पशुपतिप्रसाद