रञ्जित गजमेरको संगीतमा स्वरुपाको ‘नहुने केही छैन’ (भिडियो)

काठमाडौं– नेपाली चलचित्रका लोकप्रिय संगीतकार रञ्जित गजमेर लामो समयपछि एउटा सुगम संगीतमा आधारित आधुनिक गीतमा संगीतकारको रुपमा सुनिएका छन् । मुम्बईमा रहेर संगीत कर्ममा सक्रिय रहेका गमजेर खासगरी नेपाली चलचित्रका सिद्धहस्त संगीतकार हुन् । उनले संगीतबद्ध गरेका सम्झना, कुशुमे रुमाल, लाहुरे, साइनो आदि चलचित्रका दर्जनौं गीतहरु लोकप्रिय छन् ।


यसपटक संगीतकार गजमेर प्रतिभाशाली गायिका स्वरुपा आशाको स्वरमार्फत दर्शक तथा स्रोतामाझ आएका हुन् । गजमेरद्वारा संगीतबद्ध गायिका स्वरुपा आशाको स्वरमा रेकर्ड भएको ‘नहुने केही छैन…’ गीतको म्युजिक भिडियो भरखरै सार्वजनिक भएको छ । जसलाई दर्शकले कम समयमै मन पराएका छन् ।
कुशुम गजमेरको शब्दमा तयार भएको उक्त गीतको म्युजिक भिडियोलाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा गायिका स्वरुपा आशा आफैं प्रस्तुत भएकी छिन् । मौलिक नेपाली पहिरनमा सजिएर आकर्षक नृत्य गरेकी गायिकालाई बनेपा डान्स क्रिउले नृत्यमा साथ दिएका छन् ।
विदुर पाण्डेको छायांकनमा तयार पारिएको उक्त म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । म्युजिक नेपालको यूट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

 

यस्तो छ नहुनेको म्युजिक भिडियो