फागुन ६ मा मेरो देश

काठमाडौं— चलचित्र ‘मेरो देश’ आगामी फागुन ६ गतेदेखि प्रदर्शन हुने भएको छ । प्रदर्शन मिति तय गरेसंगै चलचित्रले आफ्नो टिजर तथा पोस्टर पनि सार्वजनिक गरेको छ ।
देशभक्ति कथावस्तु बोकेको यो चलचित्र फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसको पूर्व सन्ध्या पारेर प्रदर्शन हुन लागेको हो । सार्वजनिक टिजर तथा पोस्टरमा कलाकारहरुको बीचमा राष्टिय झण्डा राखिएको छ । राष्टि«यता झल्काउन चलचित्रले महत्वपुर्ण भुमिका खेल्ने सार्बजनिक टिजर पोस्टरबाट बुझन सकिन्छ ।
चलचित्रलाई भक्तपुर, काभ्रे पलाञ्चोक, सिन्धुली, महोत्तरी, सर्लाही, रौतहट र बारामा छायांकन गरिएको हो । चलचित्रका निर्देशक देव नेपाल हुन् ।
ब्रोसीस ईन्टरटेन्मेन्ट प्राली को ब्यानरमा निर्माण भएको यो चलचित्रमा नीशा अधिकारी, आयुष रीजाल, प्रज्वल गीरी, नीर शाह, धुर्ब कोईराला, पुष्पा पाण्डे, एक राज थापा, कृष्ण शिवाकोटी, किशोर झा लगायत कलाकारहरू मुख्य भुमीकामा रहेकाछन । चलचित्रबाट नव कलाकार एमी श्री को उदय भएको छ । उदय सापकोटा सुरेनको कार्यकारी निर्माता एवंम् पार्वती मैनाली र प्रभाकर सापकोटा निर्माता रहेको यो चलचित्रमा भ्रष्ट र अपारदर्शि राजनितिका कारण देश र जनताले भोगी रहेका प्रतिनिधि मुलक प्रतक्ष्य समस्या एवं दिन दुगुना रात चौगुना मौलाई रहेको भ्रष्टाचार र अपारदर्शिता लाई न्युनीकरण गरी देश लाई समुन्नतीको दिशा तर्फ लैजान आजका शिक्षीत युवा हरूको प्रयास र आधुनिक प्रविधिको प्रयोग लाई चलचित्रले मुख्य बिषय बनाएको छ ।
चलचित्रमा निर्माता सुरेनको शब्दमा चार वटा गीत समावेश छन् । ती गीतमा बीबी अनुरागीले संगीतवद्ध गरेका छन् । रामजी लामीछाने र एलीजा प्रधानको कोरीयोग्राफी रहेको यो चलचित्रमा राजु किरातको द्वन्द्व निर्देशन छ । चलचित्रमा रवीन्द्र बरालको छायाकन तथा किरण राज थापाको सम्पादन रहेको छ ।
चलचित्रको बितरण काठमाण्डौ उपत्यकामा बालाजी फिल्म्स सुनील मानन्धर र उपत्यका बाहीर एफ डी कम्पनीले गर्ने कुरा कार्यकारी निर्माता उदय सापकोटाले बताएका छन् ।