सुनिलको लाउरेमा निगमको निर्देशन

काठमाडौं-  निर्माता सुनिल रावलले आफ्नो महत्वाकांक्षी फिल्म ‘लाउरे’ को निर्देशनको जिम्मा निर्देशक निगम श्रेष्ठलाई दिएका छन् । निर्माता रावलले निगमलाई १७ रुपैया पारिश्रमिकमा अनुबन्ध गरेको बताएका छन् । यो नेपाली चलचित्रको इतिहासमै एक जना निर्देशकले पाउने सर्वाधिक ठूलो पारिश्रमिक हो ।

दुर्गिश फिल्मसको तर्फबाट निर्माता सुनिल रावलले यसअघि ‘छड्के’ को निर्देशन गरिसकेका निगमलाई उक्त रकममा अनुबन्ध गरेको पुष्टि गरिसकेका छन् ।
सोसल ड्रामा जनराको यो फिल्मको स्क्रिप्ट असाध्यै मन परेकाले आफू उक्त पारिश्रमिक दिन तयार भएको रावलले बताएका छन् ।
निर्देशक श्रेष्ठ र दुर्गिश फिल्मसबीच दुई दिनअघि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
छड्के निर्देशनको चार वर्षपछि श्रेष्ठ लाउरेमार्फत पुनरागमन हुन लागेका हु्न । लाउरेका लागि हालसम्म अनुरुप विक्रम सिंह थारु तथा सुमन चित्रकारमात्र अभिनयका लागि फाइनल भएका छन् ।
दुर्गिश फिल्मसले पाँचौं फिल्मको रुपमा फ्लोरमा जाने लाउरेको छायांकन आगामी फागुन महिनाको दोस्रो सातादेखि प्रारम्भ हुनेछ ।