समारोह अघि नै विवादमा नेफ्टा अवार्ड

कलाकारको अनुहार देखाएर टिकेट बेच्दैछ

काठमाण्डौ- पछिल्लो समय विदेशमा हुने अवार्ड सांस्कृतिक कार्यक्रम झैँ लाग्छ । अवार्डमा सहभागी हुन् गएका कलाकारहरु पनि त्यसरी नै प्रस्तुत हुने गर्छन । नेपाल देखि कलाकार लग्नु , त्यहाँ बसाउनु र फेरी फर्काउनु सहज त होइन तर पनि अवार्डको नाममा यसरि कलाकार लगिन्छ र अवार्डको नाम दिइन्छ । किनकी यसो गरे वापत कलाकार निशुल्क सहभागी हुन्छन । तर पछिल्लो समय अवार्डमा सहभागी नहुने कलाकारको पनि तस्वीर राखेर टिकेट बिक्रि गर्ने गरिन्छ ।

दुबई आयोजना हुन् गईरहेको नेफ्टा अवार्डले पनि यस्तै गरेको छ । अवार्डमा सहभागी नहुने कलाकारको पनि टाउको पोस्टरमा राख्दै टिकेट बिक्रि गरिरहेको छ । तर ति कलाकार भने अवार्डमा सहभागी नहुने भएका छन् । दुबईमा हुने नेफ्टाको नवौ संस्करणमा अभिनेत्री रेखा थापा , प्रियंका कार्कीसंगै अभिनेता भुवन केसी , अनमोल केसी र दयाहाङ राई लगायत सहभागी नहुने भएका छन् तर आयोजकले पोष्टरमा यिनैको टाउको देखाएर टिकेट बेच्ने काम गरेको छ ।

‘युकेमा ह्याप्पी डेजको शुटिङमा ब्यस्त रहेकी प्रियंकाले भनिन ‘हामी फिल्मको छायांकनमै ब्यस्त छौ , त्यसले म र दया अवार्डमा सहभागी हुन् पौदैनौ तर पोष्टरमा अनुहार किन राखियो थाहा छैन ।’ यसैगरी दुबई टिकेट बिक्रि हुनुको मुख्य कारण हुन् पछिल्लो समयका स्टार अनमोल केसी । उनि अवार्डमा सहभागी हुने भन्दै आयोजकले टिकेट बेच्ने काम गरिरहेको छ तर अनमोल अवार्डमा नजाने भएका छन् ।

अनमोललाई पपुलर स्टार र उनका पिता भुवनलाई लाईफटाईम झल्कने अवार्ड दिने प्रस्ताव नेफ्टाबाट भएको थियो तर फिल्मको तयारीको कारण उनीहरु अवार्डमा जाने छैनन् । पोस्टरमा फोटो राखिसकेको र अनमोलको डिमाण्ड भएको कारण आयोजकले अवार्ड नै फिक्स गर्दै अवार्ड लाग्न खोजेको हो ।

अनमोलले आफ्नो कृ को लुक्स रिभिल हुने भन्दै अवार्डमा सहभागी नहुने बताएका थिए र भुवनले पनि फिल्म शुटिङको तयारी गर्नु पर्ने बताएका थिए । तर पनि पोस्टरमा यी कलाकारहरु छन् , त्यसैले टिकेट धमाधम विक्री भईरहेको छ । ‘हामीले जादैनौ भनेर स्पष्ट भनेका थियौ र अनमोल नजानुको कारण पनि ठिक हो तर पनि पोष्टरमा यिनीहरु आउछन भन्दै टिकेट बेचेछन् अब के भन्ने खै’ भुवनले पोष्टरमा अनुहार राखिएको बारे बताए ।

यसैगरी पछिल्लो समय अवार्डमा सहभागी नहुने अभिनेत्री हुन् रेखा थापा । तर उनि पनि आउने भन्दै पोष्टरमा अनुहार रराखिएको छ । तर यी सब कलाकार त्यहाँ उपस्थित नहुदा नेफ्टाले के कस्तो बहाना बनाउछ यो भने आउदा दिनले नै बताउने छ ।