घर–आगनलाई श्वेताको सहयोग

काठमाडौं—दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको जन्म जयन्तीको अवसर पारेर उनकी श्रीमती अभिनेत्री श्वेता खड्काले सामाजिक कार्यमा हात हालेकी छिन् । श्रीमान् श्रेष्ठको सम्झनामा बिहिबार काठमाडौंमा आयोजित एक समारोहमा श्वेताले घर–आगन नेपाल नामक सामाजिक संस्थालाई १ लाख ५० हजार रुपैया बराबरको चेक हस्तान्तरण गरेकी छिन् ।

सामाजिक कार्यमा सकृय उक्त संस्थाको भवनको जग बसाल्न अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलामार्फत श्वेताले संस्थाका अध्यक्ष दीपक सिलवाललाई चेक हस्तान्तरण गरेकी हुन् । दरबार मार्गस्थित आफ्नै कफी सपमा आयोजित समारोहमा रकम हस्तान्तरण गर्दै श्वेताले श्रीकृष्णले यसरी नै आफ्नो जन्मदिनमा सामाजिक सेवा गर्ने स्मरण गर्दै उनकै चाहानालाई निरन्तरता दिएको स्पष्ट पारिन् ।

समारोहमा निर्देशक निरौलाले श्वेताको सामाजिक कार्यको प्रशंसा गर्दै अभिनेता श्रीकृष्णलाई कहिल्यै नबिर्सने बताइन् । दर्शक तथा शुभचिन्तकका निकै लोकप्रिय अभिनेता श्रीकृष्णले श्वेतासंग वैवाहिक सम्बन्ध जोडेको एक महिना भित्रै यो संसारबाट विदा लिएका थिए ।
ब्ततबअजmभलतक