हाक्का हाक्की अब पक्का पक्कीको ७५ औ भाग पुरा

काठमाडौ-  नेपाल टेलिभिजनबाट हरेक आइतबार साझ ८:५० बजे प्रसारण हुने हास्य टेलिचलचित्र हाक्का हाक्की अब पक्का पक्कीले आफ्नो प्रसारणको ७५ औ भाग पुरा गरेको छ ।

विभिन्न समस्याको बाबजुद पनि हाक्का हाक्कीले ७५ औ भाग सम्पन्न गरेकोमा निर्माता राम थापा खुसि ब्यक्त गर्छन्।
भुकम्प, नाकाबन्दी, मीडियाहबको समस्याहरु बाबजुद पनि हाक्का हाक्की अब पक्का पक्कीले देश काल परिस्थितिलाइ समेटेर लगातार रुपमा आफ्ना श्रृखला नरोकीकन प्रसारण गरेकोमा हाक्का हाक्की अब पक्का पक्कीको छुट्टै पहिचान भएको भन्दै मुक्त कन्ठले सम्पुर्ण शुभचिन्तक तथा दर्शक हरुले प्रसंशा गरेका छन् ।


दमन रुपाखेतीद्वारा निर्देशित तथा राम थापा द्वारा निर्मित हास्य टेली चलचित्र हाक्का हाक्की अब पक्का पक्कीले समसामयिक बिषयबस्तुलाइ समेट्दै दर्शक श्रोताको मन जित्न सफल भएको छ ।  छोटो समयमानै दर्शकको मन मुटुमा बस्न सफल हास्य टेली चलचित्र हाक्की हाक्कीले ७५ औ भाग सम्म आइपुग्दा समय सापेक्ष परिबर्तन गर्दै दर्शकहरुलाइ नया नया स्वाद दिन पनि सफल भएको छ ।
डीएल फिल्म्सद्वारा प्रस्तुत नेपाल टेलिभिजनबाट प्रसारित हाक्का हाक्की अब पक्का पक्कीमा दमन रुपाखेती, कबिता शर्मा, सुजित थापा डेभिड, राम थापा, शिब शर्मा माइलो, जनक बर्तौला, प्रकाश न्यौपाने, सिम्रन पौडेल, मणिराज काफ्ले, सरस्वति खड्का थापा, रेनु शर्मा,सन्तोषराज सापकोटा, यादब थाप, धरणीधर न्यौपाने, पारबन राई,राजन चौलागाई, मणिराज काफ्ले, भीमसेन अधिकारी, राज कुमार कुँवर, प्रमिला न्यौपाने लगायत कलाकारहरुले अभिनय गरिरहेका छन् ।