मेरो देशको नया गीत सार्वजनिक

काठमाडौं- प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ६ गतेदेखि प्रदर्शन हुने चलचित्र मेरो देशको ‘उकाली ओराली’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा निशा अधिकारी तथा प्रजवल गिरीले अभिनय गरेका छन् । उक्त गीतमा मधेश र पहाडको सम्बन्ध गाढा बनाउन तराई झरेर माया लगाएको भाव झल्कन्छ ।
चलचित्रको यो गीतलाई बिबि अनुरागीले संगीत भरेका छन् भने उदय सापकोटा सुरेन यो गीतका रचनाकार हुन् । गीतमा अप्सरा देबकोटा र रुपक चौधरीको पाश्र्व गायन छ । रबिन्द्र बरालको कोरीयोग्राफी रहेको यो गीतलाई किरणराज थापाले सम्पादन गरेका हुन् । गीतको भिजुअलमा राजमार्गको बिपि हाईवे देखि सुनकोशीको तिरसम्म देख्न पाइन्छ ।
देव नेपालले निर्देशन गरेको यो चलचित्रको प्रोमो केही समयपछि नै सार्वजनिक गरिने बताइन्छ । चलचित्रमा आयुष रिजाल,एलिजा प्रधान,ध्रुब कोईराला, नीर शाह आदि कलाकारले अभिनय गरेका छन् ।