‘यात्रालाई दर्शकको सकारात्मक प्रतिक्रिया

काठमाडौं – गत शुक्रबारबाट प्रदर्शनमाआईको फिल्म ‘यात्रा स् अ म्युजिकलभ्लग’लाई सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ । रिलिजकै दिनशुक्रबार आयोजितविशेष शो मार्फत सेलिब्रेटीको मन जित्न सफल भएको फिल्मलाई दर्शकले पनि’उत्कृष्ट’ भनेका छन् ।

नयाँवर्षको पहिलो दिन वैशाख १ गते विभिन्नहलमापुगेका सलिनमान बनियाले दर्शकसँग प्रतिक्रिया लिदै शुभकामना आदानप्रदान गरे । नयाँवर्षको शुभकामना दिदै दर्शकको प्रतिक्रिया लिन हलमा पुग्दा सलिनदंगथिए । ’दर्शकको सकारात्मक प्रतिक्रियाले उत्साहितभएको छु’ उनले भने ’यो न्यु इयरमा दर्शकसंग म छु र म संग दर्शक हुनहुन्छ ।’ उनललाई आफ्नो अगाडी पाउँदादर्शक पनि दंग थिए । उनले राजधानीका हल मुख्य हल भिजिट गरेका थिए भने गोपीकृष्ण मुभिज चाबहिल र अष्टनारायण पिक्चर्स बालाजु बाइपास रोड मिडियाकर्मी पनि सलिनसंग थिए । सलिन सहितयात्रा टिम हलमा आउंदै छ भन्ने थाहा पाएपछि दर्शकहरु सलिनको एक झलकपाउन र छुन तछाडमछाड गरिरहेकाथिए । सलिनसंगै सलोनले पनि दर्शकको माया फिल गरे । ’दर्शकले दिनु भएको सकारात्मक प्रतिक्रियाले हिजो दुखलाई भुलेका छौ’ सलोन भन्छन् ’मेरो सहयोगी क्यारेक्टरलाई दर्शकले रुचाउनु भएको छ , नानीकतिजाति है भन्ने खालकाकमेन्ट पाएको छु ।’

सलिन र सलोनसंगै हल भिजिटमा दर्शकको प्रतिक्रियालिन डेब्यु गर्ल मलिकामहत , रेअर राई , प्रेक्षाबज्राचार्य , जान्वी बस्नेत , निर्देशक सम्राट शाक्य , निर्माता सुशीलपोखरेल , कार्यकारी निर्माता सर्जुमानलिगल , प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठ र वितरक गोपालकाजी कायस्थपुगेका थिए । वितरक गोपाल काजि कायस्थले सलिनको क्रेज हलमा देखिएको बताए । फिल्मले मनोरंजनसंगै सोसल म्यासेज पनि दिएकोले यसको वर्ड अफमाउथले आउँदा दिनमादर्शक तानिनेमा निर्माण पक्षविश्वस्त छन् । फिल्ममाभ्लगको माध्यमले ल्याउन सक्ने परिवर्तन र गर्न सकिने सकारात्मक कामलाई देखाइएको छ ।

फिल्ममा सलिनले पाँचपंक्षी समुह लिड गरेका छन् । फिल्ममा जय नन्दलामा , धिरेन शाक्य , राजारामपौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंगकुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्तखनाल , कमल मैनाली , सौगातशर्मा लगायतको अभिनय रहेको छ भने विशेष भूमिकामादीपकराजगिरी पनि छन् । यसमा विदेशी कलाकारहरु चाइनाका जुनझाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमाचर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्मप्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिजकुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह-निर्माता रहेका छन् । फिल्मका निर्माता सुशीलपोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमानलिगल रहेका छन् ।

फिल्ममा कथा पनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेकाहुन् । फिल्मको मुख्य सहायकनिर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेकाहुन् । फिल्ममा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको सँगै प्रतिक पौडेल र कोविदबज्रको संगीत रहेकोछ ।