डाइङ क्यान्डलको ट्रेलर सार्वजनिक

चलचित्र माघ २८ गते रिलिज हुने

काठमाडौं- चलचित्र डाइङ क्यान्डलको अफिसियल ट्रेलर रिलिज र प्रदर्शन मिति घोषणा भएको छ । माघ २८ गतेदेखि रिलिज हुने सिनेमालाई कथा भन्ने शैली र कथावस्तुको आधारमा प्रतीक्षित मानिएको छ ।
नरेशकुमार केसीको पटकथा एवं निर्देशन रहेको सिनेमामा सृजना सुब्बा, सौगात मल्ल, लाक्पा तामाङ, अर्पण थापा र विद्या कार्कीको मुख्य भूमिका छ । क्विन्स फिल्म फेस्टिभलमा छायांकन विधामा अवार्ड जिते लगत्तै यसको चर्चा भएको थियो ।

रविन आचार्यले फिल्मबाट सर्वोत्कृष्ट छायांकारको अवार्ड जितेका थिए । तीन मुख्य विधामा मनोनित थियो । रविन, विमल सुवेदी र उत्तम केसीको संयुक्त लगानी रहेको फिल्म दिदी भाईको आत्मीय सम्बन्धमा आधारित छ ।

यस्तो छ ट्रेलर :