यस्तो भयो सुहानाको बर्थडे र ए मेरो हजुर ३ को सक्सेस पार्टि

काठमाडौं-अभिनेत्री सुहाना थापाले बुधवार आफ्नो २१औं जन्मोत्सव मनाइन् । उनले यसपटकको जन्मदिन बिशेषरुपमा मनाएकी हुन् । काठमाडौंको पाँचतारे होटलमा उनले आफ्ना अभिभावकको साथसाथै धेरै सञ्चारकर्मी, कलाकार तथा फ्यानसँग जन्मदिन मनाउन पाउँदा उनी निकै खुशि देखिन्थिन् ।

उनको यो जन्मदिन अर्को कारणले पनि अझ बिशेष बन्न पुग्यो । उनी अभिनित फिल्म ए मेरो हजुर ३ ले व्यवसायिक रुपमा सफलता हासिल गरिरहेको छ ।
उनले दर्शकहरुले आफ्नो डेब्यु फिल्म मन पराएर सफल भएको कुरालाई आफ्नो जन्मदिनको ठुलो उपहारको रुपमा लिएकी छिन् ।

 

अभिनेत्री सुहानाको यी दुई वटा खुशी बाँढ्न प्राय सबै कलाकार, पत्रकार, आफन्त र फ्यानहरुको उपस्थिती थियो । अंग्रेजी मिति अनुसार मे ८ तथा नेपाली मिति अनुसार वैशाख २६ गते जन्मिएकी सुहानालाई अग्रज कलाकार भुवन केसी, दिपा श्री निरौला आदिले शुभकामना दिएका थिए ।

कार्यक्रममा ए मेरो हजुर९ ३ को गीतमा अनमोल र सुहानाले छोटो मिठो नृत्यले आएका सबैलाई दंग पारेका थिए ।