वर्षा राउतलाई वर्षा सिवाकोटीको खुला पत्र

काठमाडौं- अभिनेत्री बर्षा सिवाकोटीले बेला-बेलामा आफुलाई चित्त नबुझेको कुरा फेसबुक मार्फत व्यक्त गरिरहेकी हुीन्छन् ।

त्यस्तै अभिव्यक्ति उनले भखर्रै आफ्नो फेसबुकमा पोस्ट गरेकी छिन् ।

उनले आफ्नो र बर्षा राउतको सम्बन्धको बारेमा नकारात्मक भ्रम फैलिएको कुरालाई कोट्याएकी छिन् ।

उनले फेसबुकमा पोस्ट गरेको कुरा जस्ताको त्यस्तै-

‘डियर वर्षा राउत,

खै कसले भनेछ हामी दुश्मन अरे । हामीले एक अर्काको अस्तित्व स्वीकार गर्न सकेनौँ अरे । हामी प्रतिस्पर्धी पक्कै हौँला, एकै क्षेत्रमा काम गरिरहेका छौँ । त्यसलाई अस्विकार न तिमीले गर्न सक्छौ न मैले । एकै ओछ्यानमा सुते पछी खुट्टा लाग्नु त स्वाभाविक नै हो नी होइन र ? हिजो एकै फ्रेममा अटाएका हामी आज एक अर्काको दुस्मन बनाइएका छौँ । के साच्चै तिमी मेरो र म तिम्रो दुश्मन हौँ र ? हामी बिचमा कहिल्लै केही कुरामा असमझदारी आएका छन् र ? न तिमीले मेरो नाममा न मैले तिम्रो नाममा कहिल्लै कसैसामु सङ्कुचित भावना राखेर कुरा काट्दै हिँडेका छौँ । तर पनि हामी एक अर्काका दुश्मन कसरी बन्यौँ ? एकै परिवारका दुई सदस्य हामी आखिर यो बजारमा भनिएको जस्तै दुश्मनी बोकेर बसेका छौँ र ? तिमीले तिम्रो कर्म गरिरहेकी छौ मैले मेरो कर्म । कर्म फरक फरक गरे पनि धर्म त हाम्रो उही कलाकारिताु नै हो नी होइन र ? भोगाई र मर्म तिम्रो र मेरो उस्तै त छ नि छैन र ? हामीले एकै ब्यानरबाट चलचित्र क्षेत्रमा पाइला टेक्यौँ । हिजो म्युजिक भिडियो अभिनयमा छँदा पनि हाम्रो सुरुवात खासै फरक समयमा भएको जस्तो मलाई लाग्दैन । दिन फरक भए होला समय पक्कै फरक थिएन । फेरी त्यही समयमा फर्कौँ जहाँ हामी एकै फ्रेममा रमाएका थियौँ । यो भन्दै गर्दा फेरी केही दिनमा फेरी सुन्न पाइनेछ-‘जेठ ३ मा दुई बर्षाको भिडन्त ।’ तर, म भन्छु जेठ ३ गते हाम्रो भिडन्त होइन मिलन हुनेछ हल हलमा । हामी सँगै लाग्दैछौँ । एकै फ्रेममा नदेखिए पनि उही पर्दामा पालो पालो देखिनेछौँ । ‘जात्रै जात्रा’को लागि तिमीलाई शुभकामना ।’